सरकारी निकायबाट प्रदान गरिने सुचनालाई अझै प्रभावकारी बनाउनु पर्ने सराेकारवालाहरूकाे भनाइ

Triveni

  कबरखबर डेस्क / सल्यान ।

कार्यालय प्रमुख र सूचना अधिकारीहरुको सहभागितामा सुचनाको हक सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार जिल्ला हुलाक कार्यालय सल्यानमा सम्पन्न भएकाे छ ।

ग्रामिण क्षत्र अझै सुचनाकाे पहुच भन्दा बाहिर रहेकाेले सरकारी निकायबाट प्रदान गरिने सुचनालाई प्रभावकारी बनाउनु पर्ने सहभगी  सराेकारवालाहरूकाे भनाइ  छ ।

कार्यक्रममा बोल्दै जिल्ला अदालत सल्यानका न्यायधिस कुल प्रसाद पाण्डेले सुचना पाउँने नागरिकको अधिकार भएकाले सहज  र सरल तरिकाले सुचना प्रदान गर्नुपर्ने बताउनुभएकाे छ । यस्तै मौलिक हकमा व्यवस्था गरेपनि पछिल्लो समय सुचनालाई सुबिधाको रुपमा लिएको बताउनुभयाे ।

यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबि होमागाईले सुचनालाई प्रभाकारी बनाउनको लागि नागरिक पनि जिम्मेवार बन्नु पर्ने बताउनुभयाे । हरेक नागरीकले आ आफ्नाे क्षत्रबाट सुचना आदान प्रदान गर्न जरूरी रहेकाे समेत उहाँकाे भनाइ छ ।कार्यक्रममा जिल्ला हुलाक कार्यालय हुलाक अधिकृत धिरेन्द्र भण्डारीले पछिल्लो समय टाठाबाठाले सुचना पाएर कार्यक्रमहरु लिने गरेको बताउनुभयाे ।

जिल्ला हुलाक कार्यालय सल्यानले आयोजनामा भएकाे उक्त कार्यक्रममा जिल्लाका सरकारी  कार्यलयका प्रमुख तथा प्रतिनिधि, सुचना अधिकारी पत्रकार लागायतको सहभागिता रहेको थियो ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker