कालिमाटीका नागरिकले स्थानीय सरकारलाई रचनात्मक सुझाव संगै खबरदारी गर्ने

सल्यान, ९ बैशाख ।

सल्यानको कालिमाटीमा स्थानीय नागरिकहरुलाई वकालतीय ज्ञान, सीप अभिवृद्धिका लागि तीन दिने तालिम प्रदान गरिएको छ । सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सामुदायिक समुहका सदस्यहरुलाई तालिम प्रदान गरिएको हो । तालिम पश्चात सहभागीहरुले स्थानीय सरकारलाई नागरिक प्रति जवाफदेही, पारदर्शि र उक्तरदायी बनाउन तथा स्थानीय तहमा सुशासन कायम गर्न स्थानीय सरकालाई रचनात्मक सल्लाह सुझाव र खवरदारी गर्ने बताएका छन् ।

तालिममा सहभागिहरुले कालिमाटी गाउँपालिकाका विभिन्न टोल वस्तीमा रहेका समस्या तथा सवालहरु पत्ता लगाएर बृक्ष विश्लेणको माध्याम बाट समस्या तथा सवालको कारण र असर पहिचान गरेका थिए । १४ वटा सामुदायिक समुहका २० जना सदस्यहरु तालिममा सहभागी थिए । पहिचान गरिएका समस्या तथा सवाहरुको सम्बोधनका लागि स्थानीय सरकारले आगामी वर्षका लागि संचालन गर्ने वस्ती स्तरको योजना तर्जूमा गोष्ठी, नागरिक समुह र सामुदायिक समुहको तर्फ बाट पेश गर्ने शारदा समुदायिक समुहकी उपाध्यक्ष टिका सुनारले जानकारी दिइन् ।

स्थानीय नागरिकहरुलाई वकालतको बारेमा ज्ञान, सिप अभिबृद्धी गर्ने, वकालतका विधि, प्रकृया र पद्धतिको बारेमा जानकार बनाउने र तालिम पश्चात सम्बन्धित समुदाय तथा स्थानीय तहमा वकालत तथा अभियान सञ्चालन गर्न सक्षम बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको थियो ।

यूरोपियन न्यूनियनको सहयोग तथा सहकर्मी समाज सुर्खेत, दलित विकास समाज सल्यान, दलित महिला केन्द्र काठमाण्डौ, आइएम स्वीडिस डेभलप्मेन्ट पार्टनर काठमाण्डौ र ते दे जोम फाउन्डेसन काठमाण्डौको संयुक्त आयोजनामा सल्यानमा पनि सुशासनमा नागरिक सहभागिता कार्यक्रम संचालनमा रहेको छ । सोही कार्यक्रम अन्तर्गत कालिमाटीमा वकालतीय ज्ञान, सीप अभिवृद्धि सम्बन्धी तालिम आयोजना गरिएको हो । तालिमको सहजीकरण दलितविकास समाज सल्यानका जिल्ला संयोजक गुमान सिंह नेपालीले गरेका थिए ।

  • 2
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close