सल्यानमा १४ वर्षीया बालिका माथी सामुहिक बलात्कार,आरोपित दुइ युवक पक्राउ

सल्यान ।
सल्यानमा १४ वर्षीया बालिका माथी सामुहिक बलात्कार भएको छ ।बलात्कारको आरोपमा प्रहरीले बनगाड कुपिण्डे नगरपालिका निवासी २ जना युवकलाइ पक्राउ गरेको छ ।

बालिकालाइ बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा पीडित पक्षले बैशाख १६ गते दिएको जाहेरीका आधारमा आरोपित बनगाड कुपिण्डे नगरपालिका निवासी १६ वर्षीय र १७ वर्षीय युवकलाइ गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।

यसरी भयो घटना

कक्षा ८ मा अध्यनरत पीडित बालिका  सधै विद्यालय जाने गर्थिन ।माघ १० गते  शनिवार थियाे उनि त्याे दिन घरमै थिइन् । बिहान खाना खाएर नुहाउने र कपडा धुने काम गरिन् । दिउसाेकाे खाजा खाएर बहिनी खेल्न निस्किएकी थिइन्र ।

त्यतीकैमा भारतबाट अामाकाे फाेन अायाे र बहिनी खेल्न गएकाे कुरा भने,पीडित बालिकाले भनिन्,मम्मीले बहिनीलाइ एक्लै डुल्न दिनु हुँदैन भनेर खाेजेर ल्याउन भने पछि बहिनी खाेज्न निस्किएँ । बहिनी खोज्न घर बाहिर निस्केकी ती बालिकालाइ छिमेकी युवाहरुले समातेर नजिकैको गोठमा लगे ।

एउटाले मुख बन्द गरेको थियो भने अर्को युवाले उनिलाइ समाएर बाख्रा बाध्ने गोठमा लगेपछि पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताउनुभयो ।

घटना हुँदा बुवा र आमा मजदुरीका लागी भारतमा थिए

आर्थिक अवस्था कमजोर भएको पीडित बालिकाका बुवा र आमा मजदुरीका लागी भारतमा रहेको र बालिका सहित दुइ दिदी बहिनी हजुर आमा संग बस्दै आएका थिए । बालिकाको बुवा र आमा रोजगारीका लागी भारतमा रहेको र बालिका आप्mनो बहिनी सहित केही समय अघि किनेकाे नयाँ घरमा बस्दै अाएकी थिइन्र । दिउँसाे दुबै बिहनी स्कुल जाने र बेलुका  कहिलै  सानीमा र कहिलै  हजुरआमा सुत्न आउने गरेकाे पीडित बालिकाले बताइन् ।

घटना पछि बालिकाको स्वभाव परिवर्तन भएको थियो । एकान्तमा बस्न र कसैसंग धेरै बोल्न न रुचाउने उनि रातीको समयमा चिच्याउने गर्थिन बालिकाको हजुरआमाले भन्नुभयो मैले पटक पटक सोधें तर नातिनीले केही भनिन।
आरोपितहरुले घटना बारे कसैलाइ भनेमा ज्यान मार्ने धम्की दिएपछि बालिकाले घटनाबारे कसैलाइ भन्न नसकेको परिवारले जनाएको छ ।

 

आत्महत्याको प्रयास

छिमेकीहरु बाटनै यस्तो घटना भएपछि बालिकाले आत्महत्या गर्ने समेत प्रयास गरेकी थिइन् ।आप्mनो पीडा कसैलाइ सुनाउन नसकेकी उहाँले  रातकाे समयमा चिच्याइ रहने हुनाले  हजुरआमाले पटक पटक साेधेपछि घटनाबारे  हजुरआमालाइ बताएकी थिइन् । नातिनीकाे कुरा सुनेर पीडितकाे अामालाइ फाेन  गरेर मैले सबै कुरा भने, पीडितकी हजुरआमाले भन्नुभयाे, याे कुरा सुनेर नातीनीले आत्महत्याकाे प्रयास गरिन् ।

आत्महत्या गरेपछि कसैलाइ केही थाहा पनि नहुने र परिवारलाइ पनि कुनै आक्षेप न लाग्ने हुनाले यस्तो प्रयास गरेको बालिका बताउँछिन् ।

माघ महिना देखी महिनावारी समेत नभएकी बालिकाको स्वास्थ्य परिक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको छ । बिहिवार स्वास्थ्य परिक्षण गरिए पनि रिपोर्ट आउन भने बाँकी छ । घटना पछि आरोपितलाइ हिरासतमा राखी थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

जिल्लामा पछिल्लो समय बालिकामाथी निरन्तर बलात्कार तथा बलात्कार प्रयासका घटनाहरु दिनानुदिन बढ्दै गइ रहेका छन् । यस सम्बन्धी सचेतना का कार्यक्रमहरु संचालन भएपनि स्थानीय सरकारले कुनैपनि ठोस कदम भने चालेको छैन् । कतिपय घटनाहरु पैसाको प्रलोभनमा परेर होस्टाइल समेत हुने गरेका छन् ।

  • 160
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close