दाङमा जारी लकडाउन जेठ एक गते सम्म थपियाे

दाङ-  दाङमा जारी लकडाउन एक हप्ता थप गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको दर तिव्र गतिमा फैलिएको भन्दै जारी लकडाउनलाई जेठ १ गते सम्म लम्ब्याउने निर्णय भएको हो।

कोरोना संक्रमणको अवस्था हेर्दा लकडाउन थप्नु पर्ने देखिएकाले एक हप्ता थप गरिएको प्रमुख जिल्ला अधिकारी तथा डिसीसीएमसीका संयोजक दीर्घनारायण पौडेलले बताउनुभयो । यसअघि बैशाख १७ गतेदेखि जारी लकडाउन भोली शनिबार सकिदै थियो ।

  • 1
    Share

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close