बाँफिकोट गाउँपालिका ३ मा वडासभा सम्पन्न

Triveni

प्रचण्ड खत्री
रुकुम पश्चिम
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ३ को पाचौं वडा सभा सम्पन्न भएको छ । पाचौं वडा सभाले बिशेष गरी किसानलाई अनुदान दिने, क्रमागत योजनाहरुको निरन्तरता गर्ने र शिक्षा स्वास्थ्यमा बिशेस जोड दिएको वडा सचिब प्रवेश परियारले बताए ्र त्यस्तै ३ नम्बर वडाले सिचाईको योजना पनि अगाडी सारेको छ ।
चालु आव ०७७÷०७८मा वडा भित्र वडामा सञ्चालन भएका योजनाको समीक्षा गरिएको थियो । समीक्षाले सबै काम सन्तोषजनक रहेको वडा कार्यालयले जनाएको छ । वडामा चालु आवमा १६ लाख रुपैयाले सडक , खानेपानी , सिचाई र शिक्षामा खर्च गरिएको वडा कार्यालयले जनाएको छ ्र
यस्तै आगमाी आव०७८÷०८९ को बजेटबाट अपुरा योजनालाई पुरा गर्ने , किसानलाई अनुदान दिने योजनालाई प्राथामिकतामा राखेको वडा अध्यक्ष चन्द्रबहादुर केसीले बताए । वडा अध्यक्ष चन्द्रबाहादुर केसीको अध्यक्षतामा भएको वडा सभामा गाउपालिका अध्यक्ष धर्मबाहादुर केसीको प्रमुख आतित्यता रहेको थियो भने गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काको बिशेष आतित्यता रहेको थियो ।
त्यस्तै बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , वडाका जनप्रतिनिधिहरु , स्थानीयको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन वडा सचिब प्रवेश परियारले गरेका थिए ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker