कभर खबर

  • ८ श्रावण २०७८, शुक्रबार १७:४१

सांसद बिष्टद्धारा सिम्ता क्याम्पसको २ कोठे भवन उद्घाटन

इन्द्र बुढाथोकी / सुर्खेत ।

सुर्खेत सिम्ता गाउपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसको २ कोठे भवन तथा सिसि क्यामरा उद्घाटन गरिएको छ । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश  प्रमुख सचेतक तथा सांसद ठम्मर बिष्टले उद्घाटन गर्नु भएको हाे । भवन उद्घाटनमा बोल्दै सांसद बिष्टले क्याम्पस विकासका लागि आफू कटिबद्ध भएर लागेको  र यसको समग्र विकासको लागि गुरु योजना बनाएर लाग्ने बताउनुभयाे ।

सासद विस्टले  सिम्ता क्षेत्रको हरेक विकास निर्माणका काम आफू लागि परिरहेको भन्दै जनता बिचमा गरेका विकासका बाचाहरु क्रमिक रुपमा पूरा हुदै गएको समेत बताउनुभयाे। शिक्षा विकास तथा निर्देशनालय सुर्खेतको २० लाख बजेट बाट उक्त भवन निर्माण भएको थियो । सिम्ता गाउपालिकाको १ लाख ७० हजार लागतमा सिसि क्यामरा जडान गरिएको छ ।

आफुले नेकपा गठबन्धन जितेकोले सधै कुनै पार्टी भन्दा जनताको लागि काम गर्ने उहाँले बताउनुभयाे । सिम्ता गाँउपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसिले  क्याम्पसले अब शिक्षा मात्र नभएर प्राबिधिक शिक्षातिर पनि जोड दिनु पर्ने बताउनुभयाे ।

 पछील्ला  ३/४ वर्षमा तुलनात्मक रुपमा विकास भएको समेत केसीले  बताउनु भयो ।केसीले क्याम्पसको समग्र विकासको लागि पहल गरिदिन सांसद बिष्टलाई आग्रह गर्नु भयो ।

भवन उद्घाटन कार्यक्रम नेकपा जिल्ला कमिटी सदस्य टेकेन्द्र कुमार वस्नेत,ऎनवहादुर चन्द,बनगाड क्याम्पस बनगाड सल्यानका सञ्चालन समितिका उपाध्यक्ष गणेश विसि,वडा अध्यक्ष राजेन्द्र सिं ठकुरि,मोहन विसि,नहकुल वुढा,युद्धजंग मल्ल,नेकपा माओवादि केन्द्रका गणेश विक,झुपवहादुर वुढा लगाएतको उपस्थिति रहेको थियोे ।कोकिला सिंहबाट स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको अध्यक्ष सिम्ता क्याम्पस सञ्चालन समितिका अध्यक्ष नेत्रलाल महताराको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख वकिल वस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति: ८ श्रावण २०७८, शुक्रबार १७:४१