नलाग्ने भयो यस वर्ष वनगाडमा कृष्ण जन्माष्ठमी मेला

इन्द्र बुढाथोकी
सल्यान –  सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा श्रीकृष्ण जन्माष्ठमीका दिन हरेक वर्ष लाग्ने मेला यस वर्ष नलाग्ने भएको छ । वडा न १ प्रभाकर माबिमा लाग्ने मेला मंगलबार नलाग्ने भएको हो । कोरोना भाइरसको जोखिम र संक्रमणबाट बच्नका लागि बनगाड कुपिण्डे नगरपालिकाले एक सुचाना निकाल्दै कोरोना माहामारीको रुपमा फैलिदे गएको अवस्थालाई मध्य नजर गर्दै संक्रमण रोग निवाणर अनुसार सामाजिक दुरि कायम गर्नु पर्ने र जमघट भएमा कोरोना रोगको संक्रमण बढ्दै जाने भएकोले मेला स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।

हरेक बर्ष श्रीकृष्ण जन्माष्ठमिका दिन लाग्ने मेलामा सल्यान, सुर्खेत र जाजरकोटका मानिसहरु मेला हेर्न आउने गर्दथे । मन्दीरमा बिहानै देखि विभिन्न ठाउबाट पुजापाठ गर्न आउने मान्छेको घुइँचो हुने गर्दथ्यो । बनगाडमा अहिले मात्र भारत बाट १ सय बढी मानिसहरु आएर क्वारेन्टाइनमा बसेका छन् । फेरि ६ जना नयाँ कोरोना संक्रमीत पनि फेला परेका छन् । यस्तो अवस्थामा कोरोना फेलन सक्ने सम्भावना र जोखिम धेरै हुने भएपछी मेला स्थगीत गरिएको हो ।

  • 155
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close