क्यान्सर पीडित किशोरी निकिताको लागि भारतबाट एक लाख ७० हजार सहयोग

इन्द्र बुढाथोकी
सल्यान- सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ मेल्टाकुरा निवासी ठगे पुनकी १६ वर्षिया छोरी निकिता पुनको लागि भारतको अहमदाबाद बाट १ लाख ७० हजार सहयोग प्राप्त भएको छ । ब्लड क्यान्सरबाट पीडित निकितालाइ बचाउनको लागि नेपाली प्रबासी समुहले सहयोग रकम पठाएको समूहका सचिव सन्तु बोहराले जानकारी दिए ।

गरिव, दुःखी र असहायहरुका लागि प्रवासमा रहेका नेपालीहरुले सानो रकम उठाएर क्यान्सर पीडित पुनलाइ सहयोग गरेको उनले बताएका छन् । कोरोनाका बिचमा पनि निकिताको लागि विभिन्न अभियान सन्चालन गरिएको अभियान्ता बिनोद बुढाले जानकारी दिए । समुहले सहयोग गर्ने सबै प्रती धन्यवाद दिनुको साथै बिरामिको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

४ महिना देखि विरामी भएकी निकिता ब्लड क्यान्सर भएर अहिले काठमाडौ शिभिल हस्पिटल उपचाररत छिन् । उनको उपचारका लागि २० लाख जति लाग्ने अस्पतालले बताएको निकिताको परिवारले जानकारि दिएको छ । उनको आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न समस्या भएको छ । उनका बुवा ठगे पुनले सबैमा सहयोग गर्न आग्रह गरेका छन भने सहयोग गर्नेहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन ।

  • 35
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close