मोहमद मीयाको पार्थीव शरीरमा नेकपाले ओढायो पार्टीको झण्डा

सल्यान- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार विहान निधन भएका सल्यान जिल्ला कमिटी सदस्य मोहमद रसिद मीयाको पार्थीव शरिरमा पार्टीको झण्डा ओढाएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ७ जिताथानमा नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य तथा पार्टीका कपुरकोट गाउँपालिकला इन्चार्ज भिम बहादुर सेनले मियाको पार्थीव शरिरमा पार्टीको झण्डा ओढाएका हुन् ।

सल्यान उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष समेत रहेका मियाको न्युमोनियाको कारण शुक्रबार विहान उपचारकै क्रममा निधन भएको थियो । उनी श्रीनगरका प्रतिष्ठीत ब्यापारी र समाजसेवी हुन् । उनको शुक्रबार नै मुस्लीम परम्परा अनुसार अन्त्यष्टी गरिएकोे छ ।

  • 10
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close