श्रीनगर बजार एक साता बन्द

सल्यान ।

सल्यानको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर एक साताको लागी बन्द गरिएको छ ।   आज एक बिज्ञप्ती जारी गर्दै आज देखी कात्तिक २९ गते सम्म  श्रीनगर  बजर क्षेत्र बन्द गर्ने निर्णय गरेकाे छ । स्थानिय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि शारदा नगरपालिका १ श्रीनगर बजार एक साताका लागी बन्द गरिएको हो ।

शारदा नगरपालिका वडा नम्बर १ का एक ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यू भएको पुष्टि भएको छ । श्रीनगर कै एक कोरोना संक्रमित ब्यापारीको उपचार भैरहेको र श्रीनगर वजार क्षेत्रमा कोरोना लक्षण सहितका केही नागरिकहरु पनि बिरामी भएको जानकारी आएकाले एक साताका लागी बन्द गरिएको शारदा नगरपालिका वडा वडाअध्यक्ष नवराज बुढाथोकीले जानकारी दिनुभयो ।

अत्यावश्यक सामान खरिदको लागी भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ६ वजे देखी १० बजे सम्म पसल तथा बैँकहरु सञ्चालन गर्न सकिने  बिज्ञप्तीमा उल्लेख गरीएकाे छ । साथै कोरोनका कारण ज्यान गुमाएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति र उपचारमा संलग्न व्यक्तिहरु होम क्वारेन्टाइनमा बस्न समेत वडाले आग्रह गरेको छ ।

  • 43
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close