स्थानीय सरकारलाई नागरिक प्रति जवाफदेही बनाउन कालिमाटीका नागरिकले रचनात्मक सुझावसंगै खवरदारी गर्ने

सल्यान- वकालत तथा पैरवी सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्न सल्यानको कालीमाटी गाउँपालिकामा स्थानीयहरुलाई तालिम प्रदान गरिएको छ । आफ्ना समस्या तथा माग विभिन्न निकायमा प्रभावकारी ढंगले राख्न सक्ने सीप प्रदान गर्न र स्थानीय सरकारलाई रचनात्मक सल्लाह सुझाव र खवरदारी गर्न सघाउ पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सामुदायिक समुहका सदस्यहरुका लागि वकालतीय ज्ञान, सीप अभिवृद्धि सम्बन्धि ३ दिने तालिम कालिमाटी गाउँपालिकाको वडा नं. ३ स्थित चौकीबजारमा सम्पन्नभएको हो । यूरोपियन यूनियनको सहयोग तथा सहकर्मी समाज सुर्खेत, दलित विकास समाज सल्यान, दलित महिला केन्द्र काठमाण्डौ, आइएम स्वीडिस डेभलप्मेन्ट पार्टनर काठमाण्डौ र ते दे जोम फाउन्डेसन काठमाण्डौको संयुक्त आयोजनामा जिल्लामा सुशासनमा नागरिक सहभागिता कार्यक्रम सञ्चालन भइरहेको छ ।


कार्यक्रमका जिल्ला संयोजक गुमानसिंह नेपालीले तालिम पश्चात स्थानीय नागरिकहरु वकालतका विधि, प्रकृया र पद्वतिको बारेमा जानकार हुने र सम्बन्धित समुदाय तथा स्थानीय तहमा वकालत तथा अभियान सञ्चालन गर्न सक्षम बन्ने विश्वास ब्यक्त गरे ।

तालिमा सहभागिहरुले वकालत तथा पैरवी गर्नका लागि टोल वस्ती स्तर, स्थानीय तह, जिल्ला तह र राष्ट्रिय स्तरमा सहयोगी पक्ष र असहयोगी पक्षहरुको पहिचान गरी आगामी दिनमा सहयोगी पक्षहरु सँग आफ्न समस्या तथा सवालहरुको माग तथा सम्बोधन गर्न समन्वय र सहकार्य गर्ने बताएका थिए । तालिममा सहभागी कुल प्रसाद भण्डारीले स्थानीय सरकारलाई नागरिक प्रति जवाफदेही, पारदर्शि र उत्तरदायी बनाउन तथा स्थानीय तहमा सुशासन कायम गर्न स्थानीय सरकालाई सधै रचनात्मक सल्लाह सुझाव र खवरदारी गर्ने बताए ।

बुधबार, विहिबार र शुक्रबार गरी दुई दिन सम्म चलेको तालिममा सहभागिहरुले कालिमाटी गाउँपालिकाका विभिन्न टोल वस्तीमा रहेका समस्या तथा सवालहरु लाई पहिचान गरी बृक्ष विश्लेणको माध्याम बाट समस्या तथा सवालको कारण र असर पहिचान गरेका थिए ।

उनीहरुले समस्या तथा सवालको प्राथमिकीकरण गरी मुख्य सवाल तथा समस्याहरु बालविवाह, महिला हिंसा र लैङ्गिक विभेदलाई न्यूनिकरण गर्न कार्य योजना तयार गरी कार्यान्वयनको प्रतिवद्धता जनाएको संयोजक नेपालीले जानकारी दिए । तालिममा दलित किास समाज सल्यानले गठन गरेको सामुदायिक समुहका १४ जना महिला र ७ जना पुरुष गरी २१ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण सुशासनमा नागरिक सहभागीता कार्यक्रमका जिल्ला संयोजक गुमान सिंह नेपाली र सामुदायिक सहजकर्ता प्रेम रसाइलीले गरेका थिए ।

 

 

  • 12
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close