Kareshma Giri

  • २ पुष २०७७, बिहीबार १३:१२

सुशासनमा नागरिक सहभागिता कार्यक्रमको लेखापरिक्षण सम्पन्न

सल्यान।
दलित विकास सल्यानले बुधबार सिद्ध कुमाख गाउँपालिकामा सञ्चालन गरेको सुशासन मा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सन् २०२० मा सञ्चालन गरेका गतिविधिहरुको सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ । एक वर्षको अवधिमा भएका गतिविधिहरुको उपलब्धी, भएका सिकाई र आएका चुनौतिहरुको बारेमा सरोकारवालाहरुलाई जानकारी गराउन सामाजिक लेखा परिक्षण गरिएको दलितविकास समाजले सल्यानले जनाएको छ ।

संस्थाको पारदर्शिता र जवाफदेहीता अभिवृद्धि गर्न, नागरिक र स्थानीय सरकार बिच समन्वय सहकार्य गरी आपसि सम्बन्धलाई मजबुत बनाइ राख्न सामाजिक लेखा परिक्षण गरिएको समाजका दलितविकास समाजका जिल्ला संयोजक गुमानसिंह नेपालीले जानकारि दिनुभएको छ । सिद्ध कुमाख गाउँपालिकामा स्थानीय जनप्रतिनिधी, कर्मचारी र नागरिकहरुको बिचमा भएकागतिविधिहरु अन्तर्गत सामुदायिक समुहका सदस्यहरुका लागि २ दिने प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम स्थानीयतहमा रहेको सेव तथा श्रोत नक्सांकन कार्यक्रम सम्पन्नभएको उहाँले बताउनुभएको छ ।
यस्तै स्थानीय सरकार र सरोकारवालाहरु बिच सहभागितामूलक योजना तर्जुमा र कार्यान्वयन प्रक्रिया सम्बन्धि छलफल तथा जन केन्द्रित विकास अवधारण र सकारात्मक सोच सम्बन्धि ३ दिने कार्यशालागोष्ठी पनि सम्पन्नगरिएको संयोजक नेपालीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा सिद्धकुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा बोहरा, तिला बुढा मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि लगाएतका बोल्दै दलित विकास समाजले गरेका कार्यक्रमहरु थोरै रकममा प्रभावकारी काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि समन्वय र सहकार्य निरन्तरता दीदै गिाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु सँगगरिने गतिविधिलाई पहिलो चौमासिकमा गर्न जोड दिने बताएकाथिए ।

दलितविकास समाजका अध्यक्ष निमबहादुर नेपालीको अध्यक्षता भएको उक्त कार्यक्रममा सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा ३४ जनाको सहभागिता थियो ।

प्रकाशित मिति: २ पुष २०७७, बिहीबार १३:१२