मृगलाई ताकोको गोली महिलाको टाउकोमा लाग्यो, अवस्था गम्भीर

रोल्पा – रोल्पा नगरपालिकामा एक महिला मृगलाई ताकेको बन्दुकको गोली लागेर गम्भीर घाइते भएकी छिन् । रोल्पा नगरपालिका–९ फाल्जाका ३७ वर्षीय हस्तबहादुर पुनले चलाएको बन्दुकको गोली लागेर त्यही ठाउँकी ४५ वर्षीया बरु पुन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । गोली टाउकोमा लागेकाले ती महिलाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ ।

सोमबार साँझ ५ बजेतिर बाख्रा चराएर घरतिर फर्कँदै गर्दा हस्तबहादुरले चलाएको गोली टाउकोमा लाग्दा गम्भीर घाइते भएकी महिलाको रोल्पा अस्पताल रेउघामा उपचार हुन नसक्दा मंगलबार बिहान भैरहवा मेडिकल कलेज रिफर गरिएको रोल्पाका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले जानकारी गराए ।

गोली चलाउने व्यक्ति पक्राउ परिसकेको र उनीमाथि ज्यान मार्ने उद्योग र हातहतियार खरखजनासम्बन्धी दुई वटा मुद्दा लाग्ने सुवेदीले बताए ।

  • 1
    Share

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close