राज्यका तीन क्षेत्र र वर्तमान परिवेश

Triveni

सल्यान- राज्य ब्यवस्था संचालनको बिश्वब्यापी मान्यता छ– सरकार, नागरिक समाज र निजि क्षेत्र । नेपालको संविधान २०७२ ले स्पष्ट रुपमा परिभाषित गरेको छ । सबैको भुमिकाको बारेमा प्रस्ट छ । त्यसैको कार्यन्वयनमा स्थीरता र पारस्परिक संम्बन्धका साथ अगाडी बढ्न सके सबैको हित र देशको भलो हुने देखिन्छ ।

अहिलेको परिवेशमा आ–आफ्नो भुमिकामा दृढ नभएको कारण वा परिपालनामा कमजोर र एकले अर्को लाई खुईल्याईनु, आफ्नो कमजोरी नदेख्नु अनी अर्काको कमजोरी मात्र देखनुको कारण पनी अहिलेका घटनाक्रमहरु बृद्धि भएको हुन सक्छन् ।

२०६२/०६३ को आन्दोलन वा जनआन्दोलन भाग २ मा नागरिक समाज र राजनैतिक दलहरुको मह्त्वपूर्ण भुमिका छ । नागरिकले स्वतस्फूर्त रुपमा सडक तताएकै कारण राजतन्त्र अनत्य भएर लोकतान्त्रीक गणतन्त्र स्थापना भएको कुरा सबैलाई विविधै छ । अहिलेको परिवेशमा आ–आफ्नो भुमिकामा दृढ नभएको कारण वा परिपालनामा कमजोर र एकले अर्को लाई खुईल्याईनु, आफ्नो कमजोरी नदेख्नु अनी अर्काको कमजोरी मात्र देखनुको कारण पनी अहिलेका घटनाक्रमहरु बृद्धि भएको हुन सक्छन् ।

(१) सरकार पक्ष 

नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुसार ३ तहको सरकार हुनेछ । ३ वटै तहको सरकारले आम नागरिकका सवालमा प्रत्येक्ष जोडिएर सवाल समाधानका निम्ती काम गर्ने छ । आम नागरिकको दैनिक जिवनमा परिवर्तन ल्याउने छ । सुखि नेपाली समृद्ध नेपालको परिकल्पना गरेको छ । ३ वटै सरकारले नीति निमार्ण गर्ने छन , नीतिको कार्यन्वयन गर्ने छन, नीति अनुकुल छैन भने परिमार्जन गर्ने काम सरकारले गर्ने छन तर त्यसो नभएर सरकार को हो र प्रतिपक्ष को हो भन्ने नागरिलाई पहिचान गर्न गाह्रो भएको बुझिन्छ । यो नै सरकार वा सत्ता पक्ष हो राज्यको सेवा सुधिधा लिएका र सार्वजनिक पद धारण गरेका ति नीति निर्माता तथा कार्यन्वयनमा रहेका पदिय ब्यक्ति सरकार हो । संघीयसरकारमा प्रतिनिधि गर्ने प्रधानमन्त्री देखि मन्त्री र राज्यकोको सेवा सुबिधा लिएर नागरिकको सेवामा खटिएकाहरु सरकार पक्ष वा सत्ता पक्ष हुन । प्रदेशको हकमा पनी प्रदेश सरकार र त्यस माताहतका निकाय सबै सत्ता पक्ष हुन भने स्थानीय तहमा पालिका प्रमुख देखि वडा सदस्य र त्यस मातहतका निकाय अन्र्तगत सेवा प्रवाहमा खटिएका ब्यक्ति वा निकाय सरकार पक्ष हनुपर्छ ।

(२) नागरिक समाज 

(क) राजनैतिक दल

“अहिलेको परिवेशमा नागरिकका सवालमा आन्दोलन हो वा पद जोगाउने वा पद प्राप्ती गर्ने, कुर्सी जोगाउने वा कुर्सी पाप्त गर्ने वा नागरिकका दैनिक जीवनका सवालमा जोडिएको छ त्यो स्पस्ट हुनु पर्दछ”

तिनै तहको सरकार र राजनैतिक दलको अवस्था हेर्दा अहिलेको अवस्थामा संघीय सरकार र प्रदेश सरकारमा नेपाली काग्रेस लगाएत सरकार भन्दा बाहिर रहेका दल प्रतिपक्ष हुन । स्थानीय सरकारमा धेरै दलको प्रतिनिधित्व गर्ने हुदा धेरै सरकार पक्ष र सरकार भन्दा बाहिरका दल प्रतिपक्ष हुन ।

सरकारमा सहभागी जो कोहि नी सरकार पक्ष वा सत्ता पक्ष हुन् । सरकारकै प्रतिनिधिहरु सत्ता पक्ष भन्न मिल्छ तर प्रतिपक्ष भन्न मिल्दैन सत्तामा रहंदा सत्ता पक्ष हुन्छ बाहिर रहदा प्रतिपक्ष हुन्छ । त्यस कारण प्रतिपक्षको भुमिका सरकारले नागरिकका सवालमा ध्यान दिन सकेन र राज्य संचालनका क्रममा केहि कमजोरी भयो भने त्यसलाई सहि ठाउँमा ल्याउन प्रतिपक्षको भुमिका अह्म रहन्छ । अहिलेको परिवेशमा नागरिकका सवालमा आन्दोलन हो वा पद जोगाउने वा पद प्राप्ती गर्ने, कुर्सी जोगाउने वा कुर्सी पाप्त गर्ने वा नागरिकका दैनिक जीवनका सवालमा जोडिएको छ त्यो स्पस्ट हुनु पर्दछ । यदि नागरिका सवालमा आन्दोलन हो भने स्व स्पूर्त नागरिक होमिन्छन भने ब्यक्तिको ईच्छा चाहना पूर्तीको निम्ती पक्ष बिपक्षमा हो भने नागरिक केहि समय बाध्यतात्मक वा ब्यक्तिगत सम्बन्धका कारण सडकमा आउछन होईन र जवरजस्ती हो भने उनिहरु आफ्नो दैनिक जीवनयापनमा मह्त्व राख्दछन र जर्बजस्तीको पक्ष बिपक्षको आन्दोलन हो भने अन्तमा आफै नेतृत्वले आन्दोलनलाई सेफल्यानडीङ गर्नु पर्ने हुनसक्छ ।

 

(ख) नागरिक संगठन

राज्य संचालनको क्रममा राज्य बलियो बनाउन र देशको सुशासन कायम गर्न नागरिक समाजको भुमिका अहम छ । ०६२ ÷०६३ को आन्दोलन पश्चात नागरिक समाजको भुमिका कमजोर भयो भन्नेहरु छन अहिलेको समयमा नागरिक समाजको भुमिका सशक्त बनाउनु पर्छ भन्नेहरु पनी एकथरी छन भने एक थरि यो सत्ता र पदिय झगडा हो यो कुनै नागरिकका सवालमा गरिएको पक्ष बिपक्षको आन्दोलन होईना भन्नेपनी छन । लोकतन्त्रत आय पश्चात कयौँ सरकारमा सहभागी भए तर नागरिक समाज कसैले खोजेनन सरकारमा हुदा सबैले नागरिक समाजको भुमिका कमजोर बनाउने खालका अभिब्यक्ति दिएभने नागरिक समाज प्रति हेर्ने दृष्टिकोणमा सकरात्मक ल्याउन सकेनान । अहिलेको समयमा राजनैतिक दलका ब्यक्ति पनी नागरिक समाजलाई हार गुहार गरेको पाईन्छ । केहि ब्यक्ति बाहेक नागरिक समाजका अगुवा यो आन्दोलनमा टसकामस भएका छैनन नागरिकका सवालहरु उठाएको भए आम नागरिक समाजका अगुवाले नेतृत्वदाायि भुमिका खेल्दा नागरिकहरु सडकमा आउछन् । अहिलेको समयमा नागरिक सडकमा ०६२/०६३ को जसरी आउने सम्भाबना छैन भन्ने नै नागरिक समाजको बुझाई हुन सक्छ ।

 

(३) निजि क्षेत्र

राज्य ब्यवस्था बलियो बनाउन निजि क्षेत्रको भुमिका मह्त्वपूर्ण रहन्छ दुर्ग्रम क्षेत्रमा, दुर्गम बस्ती सम्म सेवा तथा बस्तु पु¥याउन निजि क्षेत्रको महत्वपूर्ण भुमिका छ । साथै राज्यलाई आर्थिक स्थीतीमा सुधार ल्याउन नाफा गरे वापत सरकारलाई कर तिर्छ र राज्य बलियो हुन्छ । कोरोना माहामारीले सबै भन्दा थल्लीएको भनेको निजि क्षेत्र हो । लामो समय सम्म ब्यवसाय बिस्तार तथा सेवा पु¥याउन नसकेको कारण आर्थिक रुपमा निजि क्षेत्र धेरै जसो घाटामा छन । बिस्तारै कोरोना माहामारीको संन्त्रास हराउदै गएको कारण निजिक्षेत्रले आफ्नो बस्तु तथा सेवालाई बिस्तार गर्दै अगाडि बढाउन खोजिरहेका देखिन्छन

सबैले आ आफ्नो जवाफदेहिता सहितको म को हु , मेरो जिम्मेवारी के हो र म कस्को लागी गर्दैछु भन्ने फराकिलो सोचका साथ आफुले आफैलाई प्रश्न गर्दै सहभाव, सह अस्तीत्वका साथ काम गर्न सकियो भने सुखि नेपाली र समृद्व नेपालको परिकल्पना पुरा गर्न सकिएला 

अहिलेको आबश्यकता

अहीलेको समयमा एकले अर्कोलाई आरोप, प्रत्यारो भन्दा अरु केहि देखिदैन आफु सच्चा र अरु बदमास, आफु निस्ठा र अरु झुट यो बुझाई गलत हो । संघीयसरकार, प्रदेश सरकार र स्थानीयसरकारबिच त्यति तालमेल भएको देखिदैन । तिनै तहमा रहेका सरकार प्रमुख र प्रतिनिधिहरु बिच समय , समयमा दिइईने अभिब्यक्ति र सहकार्यमा समस्या देखिएको छ । साथै सरकारकै प्रतिनिधिहरु बिच सरकार पक्ष कि प्रतिपक्ष यो त झनै बुझाई र ब्यवस्थापनमा ध्यान दिनु जरुर छ । नागरिकहरु पनी एक अर्काप्रति अरुले के ग¥यो भन्नु भन्दा पनी मैले के गरे नागरिकको काम कर्तब्य के हो भन्नेमा जवाफदेहिता हुन छ । त्यसकारण जबाफदेहिता लोकतन्त्रको एक प्रमुख सिद्धान्त हो । निजी स्वार्थ, अपारदर्शी आचरण र कानुनी राज्यको विरुद्ध नभएर यि निकाएले इमान्दार र पारदर्शी रुपमा आफ्नो दायित्व निर्वाह गर्नु पर्ने हुन्छ । निजि क्षेत्र , नागरिक समाज र सरकारले गरेका कार्यको एक अर्काले निगरानी र स्पष्टीकरण सँगै यि निकाए पारस्परिक सम्बन्धमा जोडिदै जबाफदेहिता कायम गर्न सकियो भने सुशासन एक कोशेढुंगां सावित हुनेछ र अन्तः सबैले आ आफ्नो जवाफदेहिता सहितको म को हु , मेरो जिम्मेवारी के हो र म कस्को लागी गर्दैछु भन्ने फराकिलो सोचका साथ आफुले आफैलाई प्रश्न गर्दै सहभाव, सह अस्तीत्वका साथ काम गर्न सकियो भने सुखि नेपाली र समृद्व नेपालको परिकल्पना पुरा गर्न सकिएला । धन्यबाद

दिपेन्द्र कुमार शाही
अध्यक्ष– गैर सरकारी संस्था महासंघ सल्यान 

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker