रुकुम पश्चिमको बाफिकोटमा आँखा सिबिर सम्पन्न

प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिमको बाफिकोट गाउपालिकामा आँखा सिबिर सम्पन्न भएको छ .। ३ दिन सम्म आखा सिबिर चलेको थियो ।

बाफिकोट गाँउपालिकाको वडा नम्बर २ को पिपल , वडा नम्बर ६ को मग्मा , वडा नम्बर ४ को छिनखेतमा सिबिर सम्पन्न भएको आयोजकले बताएको छ । ३ दिन सम्म चलेको सिविरमा ४ सय ३२ जनाले सेवा लियका थिय । जसमा १ सय १७ जनाको मोतिबिन्दु भेटियको छ ।

मोतिबिन्दु भेटियका सबैलाई चैत्रको ५ र ६ गत्ते आखा उपचार केन्द्र सल्लेमा निशुल्क अप्रेसन गरिने आखा उपचार केन्द्र सल्लेका कार्यालय प्रमुख धन बहादुर केसीले जानकारि दिनुभयाे । जसमध्धे पुरुस २ सय २ र महिला २ सय ३० जना गरि ४ सय ३२ जनाले सेवा लिएका थिए ।

आखा उपचार केन्द्र सल्लेको प्राबिधिक सहयोग र बाफिकोट गाउपालिकाको आर्थिक सहयोगमा सिबिर सम्पन्न भएको छ । सबै वडा बाट उत्साहका साथ जेष्ट नागरिक सहभागीता रहेकाे थियाे । सिविरमा आखा उपचार केन्द्रका कार्यालय प्रमुख धन बहादुर केसी , नेत्र स्वास्थ्य कार्यकर्ता पहलासिह ओली लगायाताकी सहभागिता रहेको थियो ।

  • 58
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close