शारिरिक रूपमा असक्त बनगाडकी टिकाले ८ वर्षपछि नयाँ जीवन पाउदै

Triveni

 इन्द्र बुढाथोकी , सल्यान ।

बनगाड कुपिण्डे नगरपालिका ५ निवासी वर्ष १० कि टीका परियारले ८ वर्ष पछि नयाँ जीवन पाउन लागेकी हुन । बिकलाङ्ग मित्र समुह तथा अपांग बाल अस्पताल तथा पुन स्थापन केन्द्र काभ्रेपलान्चोकको प्राविधिक सहयोगमा र सल्यान बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोग सहित दुबै सस्थाकोसाझेदारी उपचार भैरहेको बिकलाङ्ग मित्र समुहका कर्णाली प्रदेश सुपरभाइजर हेमराज केसिले बताउनु भएको छ ।

१८ बर्ष मुनीका शारीरिक अपांग भएका बालबालिकाहरुलाइ उपचारमा सहयोग गर्ने उदेश्यले यस्तो शिविर सन्चालन गरिएको केसिले बताउनु भएको छ सल्यानका १० वटा स्थानीय तह हुँदै देश भरिमा यो सेवा संचालन गरिएको समेत उहाले बताउनु भएको छ । स्थानीय सरकार सङ्गको साझेदारीमा उपचार गरिरहेको समेत बताउनु भएको छ । को हुन टीका परियार २०६८ सालमा जन्मिएकी टीका परियारलाइ २०७० साल कार्तिक महिनामा ट्रकले ठक्कर दिदा उनका दुबै खुट्टामा चोट लागेको थियो भने दायाँ खुट्टा पुरै कामै नलाग्ने भएको थियो ।

उनलाई ट्रकले ठक्कर दिना साथ नेपालगन्ज मेडिकल कलेज बाकेमा उपचार हुँदै काठमाडौ बि एण्ड बि मा उपचार गराएको र नेपालगन्ज उपचारको क्रममा दायाँ खुट्टा काटेर फालेको थियो । उपचार गरेर घर फर्किए पछि टिकालाइ भित्र बाहिर अरुको साहेतामा गराउने पर्थ्यो त्यसरी दैनिक कटाई रहेकि टिकाकी आमालाई छोरीको पीडा हुदा हुँदै श्रीमानले त्यस्तो अवस्थाको छोरीलाई छाडेर भारतमा कमाउन जान्छु भन्दै अर्को श्रीमती लगेर भारत तिर गएको टिकाकी आमा सुमित्रा परियारले भन्निन अहिले ५ वर्ष भयो सम्बन्ध बिगरेको न त फोन गर्छन न त घरमा नै आउछन अतोपतो छैन ।

आफुले भने माइतीको साहेतामा छोरीको हेरदेक गर्नुको साथै उपचार गरिरहेको सुमित्राले बताइन् । उनले भन्नी ट्रकले ठक्कर दिदा दिएको २ लाख ५० हजार रुपैया पनि लगेर गयो अहिले आफुलाइ घर न घाटको बनाएको छ २ छोरी सङ्गै माइती घरमा बस्दै आएकी छि । भाबुक हुँदै आमा सुमित्राले भन्नी यस्तो अवस्था सहयोग गर्नु पर्ने बेला उल्टै श्रीमानले अर्को श्रीमती लगेर गए आर्थिक अवस्था कमजोर हुदा छोरीको उपचार गर्न सकिएन र छोरीलाई अपांग बनाएर बसाल्नु बाहेको अरु केही उपाए लाग्ने ।

त्यसै क्रममा २०७७ चैत्र २२ गते सल्यान बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोग तथा बिकलाङ्ग मित्र समुह, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र काभ्रेपलाञ्कचाेककाे प्राबिधिक सहयोगमा देवस्थलमा शिविर सम्पन्न भयो ।

उक्त शिविरमा मेरो छोरी टिकालाइ पनि चेकजाँच गराए अनि उसलाई अपांग बाल अस्पताल काभ्रेपलान्चोक लिनु पर्ने कुरा आयो अनि म झ सङ्ग भए पहिला नै यति धेरै ठाउमा उपचार गरिसकेको छोरीलाई सन्चो नभएको के अहिले सन्चो होला जस्तो लागेन अनि पैसा पनि छैन कसरी उपचार गर्ने होला भन्ने सोचिरहेको थिए शिविरमा आउनु भएको बिकलाङ्ग मित्र समुह अपांग बाल अस्पताल काभ्रेपलान्चोक तथा कर्णाली प्रदेश साहेक सुपरभाइजर हेमराज केसि सरले भन्नू सबै खर्च हामी आफै व्यहोरेर उपचार गर्दिन्छौ भने पछि हामिले उपचार गर्ने काभ्रेपलान्चोक लगेर गयौं ।

अहिले नगरपालिका र अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा छोरीको उपचार भैरहेको छ । भने सामान्य हिडडुल समेत गर्न सक्ने भएकी छ । उसलाई अब सन्चो हुन्छ जस्तो लागेको समेत आमा सुमित्राले भन्नी अहिले काटेको खुट्टामा किर्तिम खुट्टा राखिएको छ भन्ने अर्को खुट्टाको अप्रेसन गरेर हिड्न सक्ने भएको छ । छोरी आफैले भन्छन अब आमा म आफै हिड्न सक्छु भन्छन भोलि ठूलो भए पछि म पनि केही गर्न सक्छु भन्न गरेको देख्दा आफै खुसी समेत हुने गरेको उनको भनाइ रहेको छ ।

अहिले सबै खर्च अस्पताल तथा नगरपालिका व्यहोरे पनि सामान्य नास्ता खर्च भन्ने आफै व्यहोर्नु परेको उनको भनाइ रहेको छ । साथै बनगाड कुपिण्डे नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख निरु शाहिले यसरी प्रत्येक बर्ष शिविर सन्चालन गरेर दुख्मा परेका व्यक्तिहरुलाइ सहयोग गर्ने समेत बताउनु भएको छ ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker