वडा कार्यालयको आफ्नै भवनमा

Triveni

प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिमकाे बाफिकोट गाउपालिका वडा नम्बर ३ को वडा कार्यालयको भबन निर्माण गरिएको छ । गाउपालिकाको पहिलो वडाको रुपमा भबन निर्माण गरिएको वडा अध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयाे । गेस्ट हाउसको घरदेखि संचालित वडा कार्यालय अब केहि दिनमै आफ्नो कार्यालय बाटनै संचालन हुने वडा अध्यक्ष केसीको भनाई छ ।

संघीय सरकारको १ करोड ५ लाखको बजेटबाट उक्त वडा कार्यालय निर्माण गरीएको हो । वडा कार्यालयको भबन भने ठेक्का मार्फत निर्माण गरिएको छ । सिस्ने स्यार्पू कन्ट्रक्सन प्रालिले ३५ प्रतिशत कम अर्थात ८७ लाखमा निर्माण गरेको बताएको छ । १ बर्षमा निर्माण गरिसक्ने सम्झौता भएता पनि १० महिनामा निर्माण देखि सम्पूर्ण काम सकीएको हो । निर्माण गर्ने कम्पनीलाई वडा कार्यालयले धन्यवाद दिएको छ ।

स्थानीय खिमबहादुर मल्लले वडा कार्यालय र स्वास्थ्य ईकाईको भबनको निम्ति भनेर ९ सय बर्गमिटर सहयोग गरेका हुन । सहयोग गरेपछि त्यस जमिनमा स्वास्थ्य ईकाईको भबन बनिसकेको छ भने वडा कार्यालयको सुभारम्भ हुन बाकि छ । गाउपालिकका अन्य वडाले जग्गा खरिद गरेका छन भने भबन निर्माण गर्न सकेका छैनन ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker