कभर खबर

  • २१ श्रावण २०७८, बिहीबार १७:०१

रुकुम पश्चिममा पहिरो खस्दा २ जना घाईते

प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिमकाे मध्यपहाडी लोकमार्ग अन्तर्गत पिपलनेटा माछिमि सडकखण्ड अन्तरगत खरखरेमा पहिरो खस्दा बाटोमा हिडिरहेको २ जना घाईते भएका छन । घाईते मध्धे १ जनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पशिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउानुभयाे ।

खरखरेमा पहिरो खस्दा आज दिउसो माथिबाट आएको पहिरोमा घाईते हुनेमा सानीभेरी गाउपालिका वडा नम्बर ११ का ५५ बर्सिय देउरुपा खड्का र मुसिकोट नगरपालिका वडा नम्बर ३ का बर्ष ५० का लालबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पशीमले जनाएको छ।

घाईते मध्ये लालबहादुर खत्रीको अबस्था नाजुक रहेको प्रहरी निरीक्षक शर्माले बताउनुभयाे । खत्रीको थप उपचारको लागि नेपालगंज पठाएको छ । उनीहरु बाटोमा हिडिरहेको बेला माथिबाट यक्कासी पहिरो खस्दा घाईते भएका थिय । पहिरो खस्दा घाईतेको प्रहरीले तत्काल निकालेर आफ्नै गाडीमा जिल्ला अस्पताल सल्ले पुर्याईएको थियो ।

प्रकाशित मिति: २१ श्रावण २०७८, बिहीबार १७:०१