सुनको मुल्यमा नयाँ कीर्तिमान

काठमाडौं ।

सुन र चाँदीको मूल्य निरन्तर बढिरहेको छ। शुक्रबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैंया बढेर नयाँ कीर्तिमान कायम गर्यो।

यस्तै चाँदी ३० रुपैंया बढेको हो। सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय रुपैंया कायम भएको छ। शुक्रबार ९९ हजार ३ सय रुपैंयामा कारोवार भएको थियो।

त्यस्तै गरि शुक्रबार प्रतितोला १ हजार २ सय रुपैंयामा कारोवार भएको चाँदी को मूल्य १ हजार २ सय ३० रुपैंया कायम भएको हो महासंघले जानाकारी गराएको हो।

प्रकाशित मिति: १८ श्रावण २०७७, आईतवार १२:२१