रोल्पाको त्रिवेणिमा एकीकृत परियोजनाले बालबालिकाको पोषण र शिक्षामा टेवा पुर्याउदै

प्रतिज्ञा मगर
रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकामा सञ्चालित एकिकृत परियोजना प्रभावकारी बन्दै गएको छ । त्रिवेणी गाउँपालिका रोल्पाको समन्वय र सेभ द चिल्ड्रेन तथा मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको साझेदारीमा सञ्चालित एकीकृत परियोजनाले लाभ प्रदान गरेको स्थानीयले बताएका छन् । उक्त परियोजना अन्तर्गत सञ्चालन भएको त्रिवेणी ६ रोल्पा स्थित भुमिसरा थापाको कुखुरा फर्म, भानु आधारभुत विद्यालय बाझवोट, बाल अधिकार समिति त्रिवेणी ५ रोल्पा र शिव गुफा साना किसान कृषि सहकारी संस्था त्रिवेणी ५ रोल्पाको अनुगमन गरिएको छ ।

त्रिवेणी गाउँपालिका उपाअध्यक्ष सावित्रा कुमारी बुढा (घर्ती) को अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी, प्रशासन अधिकृत हेमराज उपाध्याय, विषयगत शाखाका प्रमुखहरु सहितको टोलिले परियोजनाको अनुगमन गरेको हो । परियोजनाबाट सहयोग प्राप्त भएपछी आफुले कुखुरा फार्मलाई ब्यवस्थीत बनाउदै लगेको जनाउदै भुमिसराले यस पटक फार्मबाट ८६ हजार रुपैयाँ आम्दानी गरेको बताइन् । उनलाई अनुगमन टोलिले कुखुराको खोर वरिपरी सरसफाई गर्न, ब्यवशायलाई निरन्तरता दिन, गाउँपालिकामा ब्यवशाय दर्ता गर्न र ब्यवशायबाट प्राप्त आम्दानीबाट आफ्ना वालवालीकाको पालनपोषण र शिक्षामा लगानी गर्न सुझाव दिएको थियो ।

यस्तै परियोजनाबाट भानु आधारभुत विद्यालय बाँझवोटमा बालवालीकाको लागि बसाइ व्यवस्थापन संगै शैक्षिक सुधारमा टेवा पुगेको विद्यालयले जनाएको छ । त्यस्तै बाल अधिकार समिति त्रिवेणी ५ को कार्यलयमा अनुगमन गरिएको र सो क्रममा बालबालिको हक अधिकार संरक्षण गर्न बनेको कार्यविधी २०७६ को अधिनमा रहि बाल अधिकार समिति गठन भएको र परियोजनाको सहयोगमा घटना व्यवस्थापन, समितिको क्षमता विकास, कार्यलय व्यवस्थापनको लागी सामाग्री सहयोग, बालबालिका सहयोग कार्यक्रम भएको पाइएको थियो ।

त्यस्तै शिवगुफा साना किसान सहकारी संस्था लिमिटेडमा परियोजनावाट कुल १० लाख रुपैया शर्सत अनुदानको रुपमा प्रदान गरेकोमा लक्षित वर्गले लाभ प्राप्त गरेको पाइएको थियो । १ लाख बाल अनुदान, १६ हजार कार्यलय व्यवस्थापन र ८ लाख ८४ हजार रुपैया परियोजनाले लक्षित गरेका घर धुरीलाई व्यवसाय सञ्चालनको लागी १० प्रतिशत व्याजमा लगानी गर्ने र प्राप्त व्याजलाई ५ प्रतिशत कार्यलय सञ्चालनका लागी खर्च गर्ने तथा ५ प्रतिशत बाल अनुदान कोषमा जम्मा गर्नेगरिएको छ ।

३० जना व्यावसायीले ८ लाख ४४ हजार ऋण लिएकोमा नियमानुसार चुक्ता गरेका र हाल सहकारी संग ५ लाख ३१ हजार ५ सय रुपैया रहेको सहकारीले जनाएको छ । साथै बाल अनुदान कोषबाट ६४ जना बालबालिकालाई शैक्षिक सामाग्री तथा नगद सहयोग गरिएको छ । घुम्ती कोषलाई व्यवस्थीत, मर्यादित र नियमानुसार परिचालन गर्न अनुगमन टोलिले सुझाव दिएको छ ।

  • 64
    Shares

१ प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close