रोल्पा त्रिवेणीको रानागाउँ र नाङा मोटरबाटोको सञ्जाल संग जोडियो

प्रतिज्ञा मगर

रोल्पा- त्रिवेणी गाउँपालिका रोल्पाको रानागाउँ र नाङा मोटरबाटोको सञ्जाल संग जोडिएको छ । गाउँपालिकाको १० लाख रुपैयाँ र स्थानीयको श्रमदानबाट ५ किलोमिटर मोटरबाटो निर्माण भएसंगै वडा नम्बर ७ को रानागाउँ र नाङा मोटरबाटोको सञ्जालसंग जोडिएका हुन् ।

त्रिवेणी गाउँपालिकाको प्रत्येक वडामा मोटरबाटो पुगिसकेको छ भने यी वस्तीमा पहिलो पटक मोटरबाटो पुगेको गाउँपालिकाले जनाएको छ । मोटरबाटो गाउँमा पुगेपछी स्थानीयहरुले नाचगान गरेर खुसी साटेका छन् । मोटरबाटो निर्माण संगै गाउँमा खुसियाली छाएको तिला रानागाउँ नाङा मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष पुर्ण बहादुर ओलीले जनाए ।

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार ओलीले कम बजेटबाट गुणस्तरिय र राम्रो काम भएकोमा खुसी ब्यक्त गरे । उनले भने, ‘३० लाख भन्दा बढि लगानी लाग्ने यस मोटर बाटोमा १० लाख रुपैयाँले ५ किलोमिटर मोटरबाटो निर्माण गर्नु आफैमा उदाहरणीय कार्य हो ।’ अध्यक्ष ओलीले आफु निर्वाचित भए पछि गाउँपालिकामा विकासको गतिले बिस्तारै फड्को मार्दै गरेको र जनताले बिकासको अनुभूति गरेको उनले जनाए । अध्यक्ष ओलीले जनताका आबश्यकता अनुसार स्थानीय सरकारले विकास गर्ने बताए ।

विकासमा एकता र जनसहभागीता भयो भने उदाहरणीय काम देखिने त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले बताए । उनले आफ्नो गाउँपालिकामा धेरै उदाहरणीय काम भएको बताए । वडा न ७ का वडा अध्यक्ष भान बहादुर घर्तीएले अव यसै वर्ष रानागाउँ र नाङामा विद्युत पनि विस्तार हुने जानकारी गराए ।

  • 147
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close