चिसो देशभर बढ्यो बढ्यो, उपत्यकाको तापक्रम ५.९ डिग्री

काठमाडौं ।

देशका उच्च पहाडी तथा हिमाली भेगको मौसम आंशिक बदली र अन्य स्थानमा सफा रहे पनि देशभर निरन्तर चिसो बढिरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका उच्च पहाडी र हिमाली क्षेत्रका एक, दुई स्थानमा आंशिक बढे पनि बाँकी भागमा मौसम सफा रहेको छ। तर देशभर चिसो भने बढिरहेको छ।

काठमाडौं उपत्यकाको आज विहानको न्युनतम तापक्रम ५ दशमलव ९ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोको तापक्रम २२ डिग्री सेल्सियसम्म पुग्ने अनुमान महाशाखाको छ।

प्रकाशित मिति: ५ मंसिर २०७७, शुक्रबार ११:०६