सोमबार ओली नेतृत्वको नेकपाले कालीमाटीमा भेला र प्रशिक्षण गर्दै

सल्यान- कार्यकर्ता भेला संगै प्रशिक्षणको कार्यक्रमलाई केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सल्यानमा अगाडी बढाउने भएको छ ।
सरकारलाई काम गर्न नदिने तथा पदको लोभमा डुबेका आफ्नै पार्टीका केही ब्यक्तिहरुले वर्तमान राजनीतिक प्रणालीलाई बेठिक प्रमाणित गर्ने प्रयास गरेपछी संसद विघटनको कदम चाल्न बाध्य भएका पार्टी अध्यक्ष ओलीको विरुद्धमा गलत आरोप र भ्रम फैलाउने कार्य भएको भन्दै ओली समुहले सल्यानमा प्रशिक्षणको कार्यक्रमलाई अगाडी बढाउने भएको हो ।

यही क्रममा सोमबार कालीमाटी गाउँपालिकामा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम राखिएको नेकपा कालीमाटीले जनाएको छ । वडा नं ३ स्थित पुतलीबजारमा हुने कार्यक्रममा ओली नेतृत्वको नेकपाका नेताहरु गुलावजंग शाह, गोविन्द पुन, लोक बहादुर डाँगी लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै नेकपाका नेताहरु भिम बहादुर सेन, दान बहादुर केसी, दिपेन्द्र प्रकाश डिसी, जनक विक, महेश देवकोटा, मनोज सिंह, गणेशमान सिंह, सनशिलता डीसी, बेल बहादुर चन्द लगाएतले पनि सम्बोधन गर्ने नेकपा कालीमाटीले जनाएको छ ।

नेपाल कम्युनिस्टी पार्टी ( नेकपा) कुमाख गाउकमिटी द्वारा आयोजित कार्यकर्ता प्रशिक्षण भेला रागेचौरमा र बागचौर नगरपालिकामा पनि भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नेकपा सल्यानका अध्यक्ष गोविन्द पुनले जानकारी दिए ।

  • 1
    Share

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close