प्रधानमन्त्रीले तानाशाही शासन लाद्ने प्रयास गरेे :बुढाथाेकी

इन्द्र बुढाथोकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यानका सचिव कर्ण बहादुर बुढाथोकीले काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्ष लामो संघर्षबाट स्थापित गरेको गणतन्त्र र संघीयतालाई विघट्न गर्न उद्दत गरेको बताएका छन् ।

नेपाली जनताको जनयुद्ध जनआन्दोलनबाट प्राप्त गरेको संघीयता गणतन्त्रलाई विघटन गरी तानाशाही व्यवस्था ल्याउन चाहेको बताए ।
आमहड्ताल कार्यक्रम अन्र्तगत बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा आयोजित कार्यक्रममा बोल्दै नेता बुढाथोकीले काम चलाउन बनी सकेको सरकारले र्दीघकालिन योजनामा तथा आयोगमा सिफारिस गर्न नपाउँने प्रावधान हुँदा हुँदै जबरजस्ती अघि बढेर कानुनी राज्य उपहास गरेको बताए । काम चलाउ बनी सकेको सरकारले संवैधानिक आयोगका नियुक्ती अवंैधानिक भएकाले कानुनी राज्य स्थापना गर्न आमहडताल जस्ता कार्यक्रम गर्न बाध्य हुनु परेको बताए ।

बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख तथा केपि गुटका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले केही असभ्य र छुद्र व्यवहार प्रति आपत्ति समेत प्रकट गरे । केही बनगाडका कार्यकर्ता आफ्नो पक्षमा नभएको भन्दै धम्की दिने गरेको प्रती ध्यानाकर्षण भएको समेत बताएका छन् । नगर प्रमुखलाई नगरका सबै काम गर्दा सहमति गरेर अगाडि बढन समेत आग्रह गरिएको छ । यदि सहमतिमा जनताका काम नगरेमा आफ्नो ममोमानी बल मिच्याउ ढङ्गले चलेमा त्यसको लागि शसक्त आन्दोलन गर्ने समेत बताएका छन । नगरपालिका भित्रका सम्पुर्ण रोजगार विकास लगायतका काममा उप प्रमुखकोको सहमति सहकार्यमा गर्नु पर्ने यदि उहाले जस्तो तरिकाले अगाडि बढनु हुन्छ आफुहरु पनि त्यही अनुसार बढ्ने समेत चेतावनी दिएका छन् । आन्दोलनलाई सफल बनाएकोमा सबैलाई धन्यवाद दिएका छन । सल्लीबजार आज दिन भरी प्रचण्ड नेपाल पक्षका कार्यकर्ताहरु सडकमा रहेका थिए भने बजारहरु पुर्ण रुपमा बन्द भएका थिए । लकडाउन भन्दा अन्य आन्दोलनमा यसरी बजार पहिलो पटक बन्द भएको थियो ।

प्रकाशित मिति: २२ माघ २०७७, बिहीबार १८:१६