पछिल्लो २४ घण्टामा २६० कोरोना संक्रमित थपिए

काठमाडौँ ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभर २६० कोरोना संक्रमित थपिएका छन् । ४ हजार २ सय ४३ पीसीआर परीक्षण गरिएकोमा यस्तो तथ्यांक आएको हो ।

यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । साथै हालसम्म २ लाख ७३ हजार ४ सय ५५ संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ भने १ हजार ९ सय ७९ जना आइसोलेसनमा छन् । साथै अहिलेसम्म झण्डै २३ लाखको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close