छनौट भएका उद्यमीलाई पशुपालन देखी साबुन बनाउने सम्मको सिप विकास तालिम

सल्यान, १० बैशाख ।

लक्षित बर्गको चाहना एवम् स्थानिय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मागलाई समेत ध्यानमा राख्दै सल्यानको कपुरकोट गाउँपालिकामा सिप विकास तालिम सञ्चालन गरिएको छ । शुक्रबार वडा नम्बर १ स्थित गैरिवाङमा पाँच दिने बाख्रापालन सिप विकास तालिम शुरु भएको हो । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमशिलता तालिम प्राप्त गरेकाहरुलाई सिप विकास तालिम प्रदान गरिने लघु उद्यम विकास कार्यक्रम कपुरकोटका संयोजक दिपेन्द्र शाहीले जानकारी दिए । वडा नं २ मा कटाई ११ जनालाई कटाई सिलाई र वडा नं ६ मा १५ जनालाई बाख्रा पालन सिप बिकास तालिम सञ्चालन भइरहेको उनले जनाए ।

यसै चालु आर्थिक वर्ष वडा नं १ मा ५ जनालाई बंगुर पालन र ५ जनालाई भैंसी पालन सिप विकास तालिम दिइने छ । यस्तै वडा नं २ मा १२ जना, वडा नं ३ मा २३ जना, वडा नं ५ मा १३ जनालाई बाख्रा पालन सिप बिकास तालिम प्रदान गरिने छ । वडा नं ५ मा १३ जनालाई साबुन बनाउने तालिम र वडा नं ६ मा ८ जनालाई च्याउ खेती सम्बन्धी सिप विकास तालिम प्रदान गरिने कार्यक्रम संयोजक शाहीले बताए । उनले भने, ‘हामीले यस वर्ष १ सय १८ जनालाई सिप बिकास तालिम प्रदान गर्दैछौँ भने वडा नं ४ मा सिप बिकास तालिम र प्रबिधि हस्तान्तरण सहित थप ४० जना उद्यमीलाई स्तरोन्ती गर्ने कार्यक्रम रहेको छ ।’ संघीय सरकारको शर्सत अनुदान र कपुरकोट गाउँपालिकाको साझेदारीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भइरहेको छ ।

सिप विकास तालिमका लागि छनौट भएका उद्यमीहरुले स्थानिय स्तरमा कच्चा पर्दाथको उपल्बधता के कस्तो छ, व्यवसाय संचालन गर्दा कस्ता कस्ता कुरामा ध्यान दिनु पर्छ, उत्पादित बस्तुको बजार काहाँ हो र ग्राहको आबश्यक्ता के हो, माग के छ , व्यवसाय संचालन गर्नु भन्दा पहिले के के आबश्यक पर्दछ , नाफा ,घाटा के हो ब्यवसायिक योजना के हो, कसरी तयार गर्ने जस्ता बिषयमा उद्यमशिलता विकास तालिम मार्फत जानकारी प्राप्त गरिसकेका छन् ।

ब्यवशायीक रुपमा अगाडी बढ्नेलाई सहयोग गर्छौँ ः अध्यक्ष सेन

यसैवीच कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले पशुपालन ब्यवशायलाई आफुहरुले प्राथमिकतामा राखेर अगाडी बढिरहेको बताएका छन् । शुक्रबार वडा नं १ मा बाख्रापालन सिप विकास तालिमको उद्घाटन गर्दै उनले उन्नत तरिकाबाट खेतीपाती ,पशु पालन गरि मनग्ये आम्दानी लिनका लागि ज्ञान तथा सिप नभएकोले पछाडी परेको बताउदै तालिमले फाइदा पुर्याउने विश्वास ब्यक्त गरे । अध्यक्ष सेनले बाख्रापालन ब्यवशायलाई थप प्रोत्साहन गर्दै लगिने बताए ।

‘तपाईहरु सिपमुलक तालिम लिएर आर्थिक उर्पाजनतर्फ लाग्नुस्,’ तालिममा सहभागीहरुलाई आग्रह गर्दै सेनले भने, ‘तालिम पश्चात व्यवसायिक रुपमा अगाडि बढ्न चाहानेहरुका लागी गाउँपालिकाले सहयोग पनि गर्छ ।’ तालिममा प्रशिक्षक टेक बहादुर खड्काले बाख्रा पालन गर्दा ध्यान दिनुपर्ने विषय, बाख्राका समस्या, समस्याका निराकरण लगायतका विषयमा अभिमुखिकरण गर्नेछन् । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता रोशनी बुढाले गरेकी थिइन् ।

 

 

  • 5
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close