राेल्पामा सुन्तलाको बगानभित्र गरिएको अफिम खेती नष्ट

रोल्पा – रोल्पाको परिवर्तन गाउँपालिकामा सुन्तलाको बगानभित्र ठुलो परिमाणमा गरिएको अफिम खेती फेला पारेर प्रहरीले नष्ट गरेको छ । इरिवाङ इलाका प्रहरी कार्यालयबाट ४७ किलोमिटर उत्तर दूरीमा पर्ने परिवर्तन गाउँपालिकाको वडा नम्बर ६ मा अर्जुन बुढाको सुन्तला बगानभित्र गरिएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले अफिम खेती भइरहेको सुइँको पाएपछि इरिवाङ इलाका  प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक धनबहादुर केसीको कमान्डमा ७ जना र इप्रका  घर्तीगाउँबाट खटिएका ८ जनासहित १५ जनाको टोली त्यसतर्फ गएका थिए । सुन्तला बगानभित्र ठुलो परिमाणमा अफिम खेती देखेपछि प्रहरीले तत्कालै सबै अफिमका बोट नष्ट गरे पनि अर्जुन बुढालाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

परिवर्तन गाउँपालिकाका प्रमुख निमकान्त डाँगी (जितजङ्ग) ले त्यस भेगमा धेरैले सुन्तला खेती गर्ने तर सुन्तला बगानभित्र के छ भन्ने कुरा आफुलाई थाहा नभएको बताए । अर्जुन  बुढाले चार÷पाँच वर्षदेखि सुन्तला खेती गर्दै आएको जानकारी आफुलाई भएको उनको भनाइ छ ।

व्यावसायिक खेती गर्नेहरूले पालिका र प्रदेश सरकारबाट अनुदानसमेत पाउने गरेका छन् । तर अर्जुनले यस्तो अनुदान लिए/नलिएकोबारे आफूलाई जानकारी नभएको उनले बताए ।

  • 2
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close