रुकुम पश्‍चिममा निषेधाज्ञा जारी

रुकुम पश्चिम- रुकुम पश्चिममा मंगलबार नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएर तनावग्रस्त स्थिति उत्पन्‍न भएपछि जिल्ला प्रशासन कार्यालय मुसिकोट रुकुम पश्‍चिमले साँझ ५ बजेदेखि निषेधाज्ञा जारी गरेको छ।

प्रशासनले विज्ञप्ति जारी गरी पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न नपाइने विज्ञप्तिमा उल्‍लेख गरिएको छ।

यसका साथै अत्‍यावश्‍यक उपभोग्‍य वस्तु विक्री गर्ने पसल र औषधि पसलबाहेक सम्पूर्ण पसल, उद्योग व्‍यावसाय विहान ६ बजेदेखि १० बजेसम्‍म मात्र खोल्‍न दिइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close