बनगाड कुपिण्डे नगरपालिकाले गरेकाे कार्य प्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

इन्द्र बुढाथोकी / सल्यान ।

बनगाड कुपिण्डे नगरपालिका र यश नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुनले यश नगरपालिका अन्तर्गत सचालान गरिरहेका गतिविधि प्रती नेपाली काङ्ग्रेस बनगाड कुपिण्डे नगरपालिका सल्यानको गम्भीर ध्यानाकर्षण भएको छ । नगरपालिकाको विकास निर्माणको क्रममा गठन हुने उपभोक्ता समिति लगाएत विकास निर्माणका समग्र क्रीयाकलापहरु र अन्य रोजगारी तथा अवसरहरुमा राजनैतिक र अन्याय पुर्ण व्यवहारले स्थानीय सरकार र सो सरकार सचालन गर्ने व्यक्तिहरू बाट पदिय मर्यादाको चरम उलंघन र उपहास भैरहेको काङ्ग्रेसको ठहर छ ।

आम जनसमुदायले स्थानीय सरकारबाट न्याय, समानता, निश्पक्षता र समृद्धिको आशा गरिरहेको सान्दर्भमा बनगाड कुपिण्डे नगरपालिका सरकार भने आफ्नो गुटगत र आत्मगत अपेक्षा पूरा गर्ने बाटोमा अघि बढिरहेको छ । रोजगार र अवसर प्राप्त गर्ने सिलसिलामा योग्यता, क्षमता र निश्पक्षताको न्युनतम आधारमा नभई स्थानीय सरकार प्रमुखको पार्टी र त्यस भित्रको एउटा गुटको सदस्यता नलिइ कुनै अवसर नै प्राप्त नहुने हुन नदिने फासिस्ट कार्यशैली अपनाएको देखिन्छ ।

यसको पछिल्लो उदाहरण नेपाल तरुण दल बनगाड कुपिण्डे नगरपालिका नगर समिती अध्यक्ष बिजय बस्नेतलाई प्रतिभा क्षमता हुदाहुदै आफ्नो पार्टी र गुटमा सम्मलित नभए रोजगारी प्राप्त नहुने बध्यात्मक अवस्था सिर्जना गरि मनोबैज्ञानिक त्रास उत्पन्न गरेकोले स्पष्ट हुन्छ । के समाबेशिता, न्याय पुर्ण समाज र न्यायोचित विकासको हाम्रो सबैधानिक आदर्शको साटो बनगाड कुपिण्डे नगरपालिकामा रोजगारी, सुविधा र विकासका लागि नेकपा र त्यसको एउटा गुट चलाएर बसेका सरकार प्रमुखको अराजक गतिविधिको मतियार नै बन्नु पर्ने अर्थात अन्य पार्टी प्रती आस्था राख्न वा आम नागरिक भएर बस्न नै नपाउने हो ? यो गम्भीर प्रश्न उठेको छ ।

तसर्थ अन्याय पुर्ण र फासिस्ट गतिविधि अबिलम्ब बन्द गर्न बिज्ञापन, रोजगार र अन्य अवसरहरुमा पुर्ण निश्पक्षता कायम गर्न र अन्य पार्टीका कार्यकर्ता र सर्वसाधारणहरुलाइ अस्थाई सत्ताको आडमा आतंकित नगर्न सचेत गराउदै नेपाली काङ्ग्रेस बनगाड कुपिण्डे नगरपालिका नगर समिति यस्ता क्रीयाकलापहरुको प्रतिरोध गर्न न्याय प्रेमी सबै जनसमुदाय र राजनैतिक दलहरू र सम्पुर्ण सरोकारवालाहरु सङ्ग हार्दिक अपिल गर्दछ भनी नगर सभापति टोप बहादुर भण्डारीले एक विज्ञप्ति निकाल्दै यस्तो बताएका छन ।

No description available.

  • 60
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close