धर्म, संस्कृति र पहिचान

कुनैपनि राष्ट्रको पहिचानमा त्यो देशको धर्म, संस्कृतिले खेलेको भूमिकाले ठुलो महत्व राखेको हुन्छ । हरेक राष्ट्रको आ–आफ्नो छुट्टैसंस्कार, धर्म, भाषा, भेषभुषा, रीतिरिवाज हुन्छ जसले ति देशको छुट्टै पहिचान स्थापित गर्न सहयोग पु¥याउने गर्दछ । पहिचान, अस्तित्व भन्ने कुरा मानिसको जन्मथलोमा स्थापित सामाजिक संरचनाका सुक्ष्म अवयवहरुसंग बाधिएको भावना हो । जसको प्रत्यक्ष वा अप्रत्यक्ष रुपले पहिचान, अस्तित्वको लडाईमा छुट्टै गति र अर्थ समातेको देखिन्छ । कला, संस्कृतिले धनि राष्ट्रको पहिचान विश्व परिवेश माझ फरक पहिचानको रुपमा अर्थाईएको पाईन्छ । विश्वमा यस्ता धेरै उदहारणहरु छन जसको सम्वन्ध आफ्नो अस्तित्व र पहिचानका लागी थियो जस मध्ये दोस्रो विश्वयुद्धका समयमा हिटलरले गरेको पहिचानमा आधारित राजनितिक विभेद, नेपालमा २०६२÷०६३ को जनआन्दोलन, कम्वोडियामा पोलपोटले गरेको मानव नरसंहारको मुख्य उदेश्य पनि पहिचानको लडाई थियो । तसर्थ, स्वःस्थापित धर्म, कला, संस्कृति राष्ट्रका सम्पति हुन, अस्तित्व हुन् पहिचान हुन् ।

नेपालमा धर्म संस्कृतिले खेलेको भुमिका र अवस्था

नेपालपनि एक विविधकला संस्कृतिले भरिपुर्ण राष्ट्र हो । यहां १२३ प्रकारका भाषा बोल्ने मानिस, १२५ प्रकारका जातजाति र विभिन्न धर्म मान्ने मानिसहरु वसोवास गर्ने गर्दछन् । विश्व समुदायमाझ नेपालको पहिचान स्थापित गर्न हाम्रो कला, संस्कृति र धर्मले पु¥याएको योगदानको कदरगर्नैपर्ने हुन्छ । जुन समाजतथा राष्ट्रले आफ्ना मौलिक धर्म, संस्कृतको जगेर्ना गर्नसक्दैन, त्यो समाज, राष्ट्रको पहिचान विहन हुने कुरा दुईमत छैन । हाल विश्वका अधिकाशं राष्ट्रले आफ्नो मौलिक परम्परा, धर्म संस्कृतिलाई आफ्नो पहिचान र अस्तित्वका निम्ति संरक्षण गर्नतर्फ उन्मुखभईरहेको अवस्थामा नेपालको सन्दर्भा भने नेपालको आफ्नो मौलिक धर्म संस्कृति नै छैन भन्ने प्रश्नचिन्ह खडा हुन थालेको छ । नेपालमापनि सदियौ देखि मान्दै आएका धर्म संस्कृतिलाई छाडेर वाह्य धर्म र संस्कृतिलाई अंगाल्दै जानेको संख्यामा तिव्र वृद्धिका कारण देशमा मात्र नभई विश्व समुदायमाझ नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण फरक हुन थालेको हुदाँ यो नेपाल र नेपालीका लागी ठुलो दुर्भाग्यपुर्ण वन्ने देखिएको छ । वि.स २०७२ को संविधानले धर्म निरिपेक्ष राष्ट्र घोषणा गरेतापनि सनातन हिन्दु धर्म नै नेपालको आफ्नो मौलिकधर्म हो भने,हिन्दु समाजले व्यतितगर्ने जिवनशैनै हिन्दु संस्कार हो ।

पुर्वजले मान्दै आएका धर्म परिवर्तन गर्दा विस्तारै हाम्रो धर्मनास हुन्छ, धर्म सगै संस्कृति हराउछ र संस्कृति संगै हाम्रो आफ्नोपन हराउछ, जवहाम्रो आफ्नोपन हराउदै जान्छ हाम्रो अस्तित्व, पहिचान पनि हराउदछ |

हिन्दु समाजमा धर्म र संस्कार विचमा खासै अन्तर भने छैन, संस्कार मानव जीवनको जीवनशैली हो भने धर्मले जिवनशैली नियन्त्रण गर्ने वाटोको रुपमा अर्थयाईएको पाईन्छ । तसर्थ हिन्दुधर्म छुट्टै कपोकल्पित चिन्तन नभई समाजमा मान्दै आएका चालचलन व्यवहारीक कुरालाईनै धर्मका रुपमा मानिदै आएको ईतिहास हाम्रो सामु प्रस्कृत छ । हरेक समाजमा धार्मिक संस्था एक महत्वपुर्ण संस्थाको रुपमा विकसित हुदै आएको हुन्छ धर्मले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हाम्रो सामाजिक प्रतिष्ठा,शक्ति, आर्थिक र राजनीतिक पक्षलाई प्रभावपारेको हुन्छ जसको प्रत्यक्ष प्रभाव हाम्रो जीवनशैली हाम्रो संस्कारमा परेको अनुभुति गर्न सकिन्छ । तर पछिल्लो समयमा विस्तारै आफ्नो धर्म संस्कृतिलाई छोडेर पश्चिमी धर्म संस्कारतिर ढल्किदै गएको भान हुन थालेको छ । हिन्दु धर्म संस्कारमा त्यस्ता धेरै कुरीति, खराव व्यवस्थाहरु रहेका छन, जस्तै

१. हिन्दु समाजमा महिलाको स्थानलाई गौण वनाईनु ।

२. डाइन, वोक्सी जस्तो अन्ध विश्वासमा विश्वास गर्नु,

३. श्रृष्टि चलाउन अपरिहार्य प्राकृतिक प्रकृया रजस्वला हुनुलाई दैवी श्राप भनि व्यख्या गरिनु,

४.धर्मका वारेमा सवै सवैले जान्ने अधिकार नहुनु,

५. देखावटि संस्कारहावि, मुर्तिपुजा र पशुवलिगरिनु,

६. कामका आधारमा विभाजित समाजलाई जातियताका आधारमा समाजिक स्तरीकरण गरी छुवाछुत जस्तो अपमानपूर्ण व्यवहार गरिनुनै हिन्दु धर्मप्रति वितृष्णा जगाउने प्रमुखकारक तत्वहुन, जसको जरैदेखि निराकरण गर्नुको विकल्प छैन ।

तर के हिन्दु धर्म, संस्कारले स्थपित गरेका सम्पुर्ण विचार, समाजिक संरचना गलत नै छन त ? के विश्व समुदाय माझ हाम्रो पहिचान, अस्तित्व स्थापितगर्न हाम्रो धर्म संस्कृतिले खेलेको भुमिकाअर्थ हिन छ त ? के हाम्रो धर्म संस्कृति विदेशी धर्म संस्कृतिका तुलनमा कम्जोरनै सावित भएको हो त ? यस्ता धेरै वहसका विषय छन जस्का माथि समयछदै विचार विमर्श गरी समाधानको वाटो पहिल्याउन आवश्यक देखिन्छ । अझ हाम्रो जस्तो विकास उन्मुख राष्ट्रको अर्थतन्त्र सवलिकरण, राष्ट्रको विकास निर्माण, रोजगारी सृजना र राष्ट्र एकता गर्न धर्म, संस्कृतिले पु¥याएको योगदानको मुल्यंकन गर्न जरुरी हुन्छ ।

विचारमा “धर्म”

अहिलेको परिवेश हेर्दा धर्मलाई धर्मका धुरन्धरहरु आफुखुसी व्याख्या गरेको, हिजो जुनधर्म संस्कारमा जन्मियो हुर्कियो आज त्यही संस्कार अप्रिय र अव्यवहारिक लाग्न थालेको व्यवहारले देखाईरहेको महशुस हुन्छ। विज्ञानले जुनकुरा आधार र भरपर्दो छैन भनेर पुष्टि गरेको छ , त्यहि काम अहिलेको २१ औं शताव्दीमा किन धर्मका आडमा जटिल रोग पनि फुकेर, ढयाङगा्रो ठोकेर निको पार्ने वकमफुसे कुरा गरिरहेका छन मुर्खहरु? धर्म आफैमा आस्था हो विश्वास हो यहाँ कसैको आस्था विश्वास प्रतिपुर्वग्राही विचार राखेर आक्षेप लगाउन खोजिएको भने पक्कै होईन । धर्म मान्ने नमान्ने विषयमा आआफ्नो विचारमा भर पर्दछ जहाँ विश्वास हुनेले मान्ने हो नहुनेले नमान्न पनि सकिन्छ,। तर धर्मको आडमा कसैको भावना तथा विचारमा खेल्नु कदापी राम्रोे होईन ।

धर्मलाई मानिसहरु आफ्नो ढंगवाट व्याख्या गरेको पाउछौ जसमध्ये, १८ औं शताव्दीका महान समाजशास्त्री इमाईल दुर्खिमले “धर्म भनेको विश्वास र व्यवहारहरुको एकवद्धता प्रणाली हो”भनेका छन, महान वैज्ञानिक अल्वर्ट आईसटाईनले “धर्म एक लिखित मिथ्याको रुप हो” भनेका छन र कम्युनिष्ट विचार धाराका धरोहर कार्लमाक्र्स जस्ले धर्म लाई “धर्म शासक वर्गले गरिव वर्गमाथी शोषणका निम्ति स्थापित गरिएको संगठन हो” भनिव्याख्या गरेका छन । धर्म, संस्कृतिलाई जस्ले जसरी व्याख्या गरेता पनि कुनै पनि देशको आफ्नो धर्म, संस्कृति प्राण हो, आत्मा हो । जसको संरक्षण र प्रर्वद्धन गर्नु कर्तव्य हुन्छ ।

धर्म, संस्कृति र पहिचानको महत्वकिन??

धर्म, संस्कृति हाम्रो पहिचान, आफ्नोपन संग अन्तरसम्वन्धित रहेको कुरामा फरकमत हुनुहुदैन र हामीले हाम्रो धर्म संस्कृति भित्रका कुरीतिलाई वर्ढादै लोकप्रियता वढाउन तर्फ उन्मुखहुनै पर्छ,। हिन्दु धर्म अन्धविश्वास होईन जिवनको आधार हो, कर्तव्य वोध गराउने संमयन्त्र हो र अनुशासनको केन्द्र हो भनि वुझाउन सक्नु पर्दछ । पुर्वजले मान्दै आएका धर्म परिवर्तन गर्दा विस्तारै हाम्रो धर्मनास हुन्छ, धर्म सगै संस्कृति हराउछ र संस्कृति संगै हाम्रो आफ्नोपन हराउछ, जवहाम्रो आफ्नोपन हराउदै जान्छ हाम्रो अस्तित्व, पहिचान पनि हराउदछ र आफ्नो अस्तित्व,पहिचानविना वाँच्नु अर्थहिन जीवनजिउनुसरी हो भनि विश्वस्त गराउन जरुरी छ ।

धर्म, संस्कृति र पहिचानवीच एक आपसमा गहिरो सम्वन्ध हुन्छ जसको एकको कमीमा पुर्णता प्राप्त हुन सक्दैन । आफ्नो धर्म सस्कृति नभएको देशको विश्व समुदायमाझ कुनेै अस्तित्व, पहिचान हुदैन र अस्तित्व नभएको राष्ट्रहुन धेरै समय लाग्दैन । तसर्थ हाम्रो पहिचान, अस्तित्व सगै राष्ट्रलाई नै जोगाई राख्न हाम्रो आफ्नो मौलिक धर्म र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न तर्फ लाग्नु आजको आवश्यक्ता हो ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार १३:४४