
कोरोना रोकथाम तथा नियन्त्रणका लागी महिला जनप्रतिनिधिहरुको भुमिका अहम रहेको छ । नेपालमा संविधानले व्यवस्था गरे अनुसार स्थानीय तहको प्रमुख, उप प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष जस्ता पदमा स्थानीय सरकारको जनप्रतिनिधिका रुपमा काम गर्ने अवसर प्राप्त भएको छ । केही मात्रामा महिलाहरु प्रमुख पदमा भएपनि अधिकाँश महिलाहरु उपप्रमुख पदमा रहेर काम गरी रहेका छन् ।
नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । यो लेख तयार पार्दा सम्म २ सय १९ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ३४ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
नेपाल र हामी नेपालीको सौभाग्य भनौ समयमानै अपनाएको वन्दावन्दी कारण त्यति धेरै फैलिनबाट बचेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागी महिला जनप्रतिनिधिहरुको भुमिका अहम रहेको छ । नेपालमा भलै संविधानले व्यवस्था गरे अनुसार स्थानिय तहको प्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष पदमा महिलालाई स्थानिय सरकारको जनप्रतिनिधिको रुपमा काम गर्ने अवसर प्राप्त भएको छ । केहि मात्रामा महिलाहरु प्रमुख पदमा भएपनि प्रमुख पदमा महिलाहरु न्यून मात्रामा रहेका छन् ।
क्वारेनटाइनमा रहेका महिलालाइ सहज, असहज के छ, यसमा अनुगमण तथा व्ब्यवस्थापन गर्न जरुरी छ । यस्तो बेलामा महिला जनप्रतिनिधि चनाखो भएर ब्यवस्थापन तथा यसको प्रभाबकारी ढंगले अनुगमन गर्न जरुरी देखिन्छ ।
उपप्रमुख तथा उपाध्यक्षहरुको जिम्मेवारी, न्यायिक समिति संयोजक, स्थानिय राजश्व परामर्श समितिको संयोजक, बजेट कार्यक्रम तर्जुमा समितिको संयोजक, गैरसरकारी संघसंस्थाको समन्वयकारी भुमिका, अपांगता परिचयपत्र वितरण समितिको संयोज कभने स्थानिय तह संचालन ऐन २०७४ ले कल्पना गरेको छ । जसरी उल्लेखित जिम्मेवारीहरु सहज रुपमा कार्यान्वयन गर्न सक्ने क्षमता महिला जनप्रतिनिधिहरुको रहेको छ, त्यसरी नै यो कोरोनासँगको लडाँईमा पनि महिला जप्रतिनिधिको भूमिका अहम छ । जसका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा महिला जनप्रतिनिधिहरुले तपशिल बमोजिमको भुमिका खेल्न सक्छन् ।
१. लैंगिक हिंसामुक्त कार्यको थालनीः महिला जनप्रतिनिधि र समाज भित्र रहेका महिलाहरु कोरोना रोकथाम तथा नियन्त्रणमा जागरुकताका साथ उठ्नुपर्ने वेला आएको छ । समाजमा सचेतना फैलाउन तथा कार्यान्वयनको भुमिका बढि छ । समाजभित्र जव सम्म लैंगिक असमानताले जेलिरहेको हुन्छ तव सम्म विकासले पुर्णता पाउदैन । हो अहिलेको विकास मानव सचेतनाको विकास कोरोना रोकथाम र नियन्त्रण हो ।
एउटा पुरुष पनि महिलाको भ्रुणबाट हुर्कदैं महिलाबाटै जन्मिएको हुन्छ । यति मात्रै हैन दशधारा दुध चुसेर हुर्के बढेको हुन्छ । त्यही महिला हुन आमा । देवी लक्ष्मी, दिदी बहिनी, सबै स्त्री नातानै त्यही महिला हुन् । त्यही नाताकाट पुरुषहरु बिच रहेका हुन्छन् तर पनि हाम्रो समाजमा ग्रामीण र छोरा र छोरी , महिला र पुरुष बिचको भिन्नता कायमै रहेको छ हो यस्ता भिन्नता हटाउनको लागि पनि महिलाहरुले आफुमाथि आइपरेका जिम्मेवरी पुरा गर्न सक्छन भन्ने उदेश्यले कोरोना रोकथाम तथा नियन्त्रणमा महिला जनप्रतीनीधिको भुमिका सशक्तm पर्न जरुरी छ ।
२. क्वारेनटाइनमा रहेका महिलाहरुको रेखदेखः कोरोनाको माहामारीले आक्रान्त परेको समयमा धेरै महिलाहरु क्वारेनटाइनमा रहेका छन् । क्वारेनटाइनमा महिलाहरुले बच्चा जन्माइरहेको अवश्था पनि बिभिन्न संचार माध्यममा आएको पइन्छ । यदी क्वारेनटाइनमा रहेका महिलालाइ सहज, असहज के छ , यसमा अनुगमण तथा व्ब्यवस्थापन गर्न जरुरी छ । यस्तो बेलामा महिला जनप्रतिनिधि चनाखो भएर ब्यवस्थापन तथा यसको प्रभाबकारी ढंगले अनुगमन गर्न जरुरी देखिन्छ ।
३. गरिव तथा पछाडि पारिएका समुदायका लागी सुरक्षा सामाग्री: बन्दाबन्दी सकिनासाथ कोरोना समाप्त हुने होइन । बन्दाबन्दी हटे पश्चात विश्वका विभिन्न देश तथा विदेशबाट नेपाल भित्रिने क्रम जारी छ । कोरोना विरुद्धको खोप तयार नहुँदा र सजिलै विश्वभर उपलव्ध नहुँदा सम्म यसको जोखिम रहिरहने छ । त्यसकारण स्थानिय तहहरुले बजेट निर्माण गर्दा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपप्रमुख तथा उपाध्यक्ष भएको कारणले पनि सवै क्षेत्रको सहकार्यमा तत्काल गरिव तथा पछाडि पारिएका बर्गको तथा समुदायमा स्वास्थ्य सुरक्षा सम्वन्धि जस्तै सामुन, मास्क, सेनिटाइजर, प्याड आदिमा पहुँच तथा उपलव्धता हुने गरी बजेट निर्माणमा पहल गर्नुपर्ने देखिन्छ । साथै सामाग्रीको नियमित प्रयोगको लागी जनचेतनामुलक कार्यक्रमहरु ल्याउन जरुरी छ । जसका लागी आमा समुहलाई सक्रिय बनाउने,सबै बस्ती तथा टोलमा सामुन पानिका लागी पहल गर्नुपर्ने महिला जनप्रतिनिधिहरुको भूमिका रहेको छ ।
यस्ता महामारीको समयमा गरिब तथा पछाडि पारिएका समूदायको मानवअधिकार हनन तथा महिला हिंसा बढ्न सक्छ । त्यसतर्फ सजग र सहजिकरण गनृ महिला जनप्रतिनिधिको भुमिका चनाखो हुन जरुरी छ ।
४. गरिव समुदायहरुको खानपानको व्यवस्था: बन्दाबन्दीको समय र त्यसभन्दा पछि पनि जनजिवन सामान्य बन्न सक्दैन । दैनिक ज्यला मजदुरी गरी आफ्नो परिवारको पेट पाल्ने समुदायको लागी स्थीति अझै भयावह बन्न सक्छ । त्यस्ता समुदाय तथा व्यक्तिहरुलाई काम जाने वातावरण बनाउने एवम स्वास्थ्य र सुरक्षाको सामाग्रीको उपलव्धता र प्रयोगमा विशेष सावधानी अपनाउन सहजीकरण गर्ने, लक्षित वर्ग सम्वन्धि बजेट तयार गर्ने तथा कार्यान्वयन गर्नेतर्फ महिला जनप्रतिनिधिहरुको ध्यान जान आवश्यक छ ।
५. महिला हिंसा र मानवअधिकार हननः यस्ता महामारीको समयमा गरिब तथा पछाडि पारिएका समूदायको मानवअधिकार हनन तथा महिला हिंसा बढ्न सक्छ । त्यसतर्फ सजग र सहजिकरण गनृ महिला जनप्रतिनिधिको भुमिका चनाखो हुन जरुरी छ ।
६. खाद्य अधिकारको सुनिश्चितता: महामारीका बेला खाद्य आपुर्तिमा सहजता लयाउन साथै कृतिम अभाव, मुल्य वृद्धि हुन सक्छ । त्यसकारण अनुगमनलाई प्रभावकार िबनाउन महिला जनप्रतिनिधिको भुमिका रहेको छ ।
निष्कर्ष: महिला जनप्रतिनिधिहरुको आफ्नो महत्वुपर्ण पदिय जिम्मेवारी हुँदाहूँदै पनि अहिलेको कठिन परिस्थितिमा विशेष भुमिका खेल्नुपर्ने अवस्था छ । यतिवेला हरेक व्यक्तिहरुले लैंगिक हिंसामुक्त व्यवहारबाट कोरोनाको संक्रमण तथा जोखिममा परेकाहरुको सुरक्षा, सुरक्षा समाग्री, खानपानको व्यवस्था आदिमा सहयोग गर्नुपर्ने त छदैछ महिला हिंसा र मानवअधिकार हनन हुनबाट बच्नको लागी सहयोग गर्नुपर्ने वेला आएको छ ।
यो महामारीको असर दिर्घकालिन रहने भएकोले हुँदा खाने वर्गको, लक्षित वर्गको जनचेतनामुलक कार्यक्रम, सरसफाई, खानेपानी, स्वास्थ्य सेवा र कृषिमा आधारित कार्यक्रम अनुसारको बजेट ल्याउनको लागी महिला जनप्रतिनिधिहरुको अहम भुमिका रहेको छ ।
( नाेटः लेखक शारदा नगरपालिका सल्यानकी उपप्रमुख हुनुहुन्छ । यस लेखमा प्रयाेग भएका कुराहरू लेखकका निजि विचार हुन ।)
प्रकाशित मिति: ३१ बैशाख २०७७, बुधबार १५:११