कोरोनाबाट जोगिन अपनाउनुपर्ने पुर्व तयारी र नागरिकहरुको दायित्व

कोरोना भाइरस (कोभिड १९) चिनको हुआन शहरबाट उत्पत्ति भइ हाल सम्म विश्वका २ सय भन्दा बढि देशहरुमा फैलिएर सन्त्रासमय बनाएको छ । यो रोगका कारण विश्वका विभिन्न देशहरुमा गरि अहिले सम्म ४७ लाख बढि मानिसहरू संक्रमित भएको पुष्टि भएको छ भने हाल सम्म साढे ३ लाख बढिले ज्यान गुमाइसकेका छन् ।

पश्चिमि युरोपेली मुलुकहरुमा फ्रान्स, इटली, स्पेन आदि देशहरुमा महामारीको रुपमा फैलिएको छ । अमेरिका जस्तो ठुलो देशमा समेत यसले ठुलो प्रभाव पारेको छ । संसारभरी कोरोना भाइरसले सन्त्रास फैलिएको वेला यो महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा पनि संक्रमणले विस्तारै जरा गाड्दै गएको छ ।

अहिले नेपालमा समेत याे राेगबाट संक्रमित भएर ज्यान गुमाउने क्रम शुरू भइसकेकाे छ ।  उता युरोपेली देश मात्रै नभएर खाडि देश र भारत लगायतका देशहरुमा गएका नेपालीहरु विस्तारै घर फर्कने क्रम जारी छ । फर्किएका नेपाली मध्ये कतिपयमा कोरोनाा रोगको संक्रमण भएको पनि देखिएको छ । यसर्थ नेपालमा अव अझ बढि संत्रासको अवसथा रहेको छ ।

यो भयानक रोगका कारण नेपालमा यो संक्रमण अझैँ बढ्न नदिन नेपालमा सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनलाई सर्वसाधारणले बुझ्न नसक्दा र लकडाउनको पालना भने अनुसार गर्न नसक्दा लकडाउन सोचेअनुरुप प्रभावकारी बन्न सकेको छैन । यसकारण कोरोना भाइरसको चेकजाँच तथा उपचार अहिले नेपालका सवै प्रदेशहरुमा उपलव्ध छ । यसै अनुरुप संघिय सरकार, स्थानिय सरकार र प्रदेशहरुले आआफ्नो तह र तप्काबाट कोरोनाको रोकथाम र उपचारको लागी कार्ययोजना बनाएर काम गरिरहेका छन् जुन स्वागतयोग्य छ ।

रोग लागिसकेपछि उपचारको कुरा त हुने नै भयो तर कोरोनाको रोकथामको सन्दर्भमा पुर्वतयारीको भुमिका एकदमै महत्वपुर्ण छ । नेपाल जस्तो विकासमा विस्तारै वामे सर्दै गरेको देशमा कोरोनाले भयावह रुप लियो भने यहाँको श्रोत साधनले धान्न सक्ने अवस्था छैन । भनिन्छ नि रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु बुद्धिमानि हुन्छ ।

अहिलेको नेपालको विभिन्न ठाउँमा कोरोनाको पुर्व तयारीलाई हेर्दा पर्याप्त देखिदैन । जतिपनि कोरोना संक्रमणका केसहरु देखिएका छन् ति सवै तपाई हाम्रै सामान्य पुर्व तयारी तथा सावधानि अपनाउन नसक्दा देखिएका छन् । त्यसैले नागरिकहरुले यो वेला एकदमै संयमतापुर्वक अघि बढ्नुपर्ने देखिन्छ ।

हाम्रो जस्तो देशमा यो कोरोनासँग बच्ने एकमात्रै विकल्प भनेको पुर्व तयारीमा लापरवाहि नगरी सावधानी अपनाउनु हो । यसमा विभिन्न तहमा सरकारहरुले अहिले जेनतेन काम गरिरहेको अवस्था छ । सवै स्थानिय तहहरुले क्वारेन्टाइन बनाएका छन्, वाहिरबाट आउनेहरुको निगरानि भएको छ अनि लकडाउनको कार्यान्वयनमा सरकारहरुलाई सहयोग गरेको अवस्था छ ।

अहिलेको नेपालको विभिन्न ठाउँमा कोरोनाको पुर्व तयारीलाई हेर्दा पर्याप्त देखिदैन । जतिपनि कोरोना संक्रमणका केसहरु देखिएका छन् ति सवै तपाई हाम्रै सामान्य पुर्व तयारी तथा सावधानि अपनाउन नसक्दा देखिएका छन् । त्यसैले नागरिकहरुले यो वेला एकदमै संयमतापुर्वक अघि बढ्नुपर्ने देखिन्छ ।

अहिलेको सन्दर्भमा लकडाउनको सकेसम्म पालना गर्नु नै सवेभन्दा पहिलो नागरिकको दायित्व हो । हामीले सकेसम्म घर भन्दा बाहिर गएनौँ अथवा अरु मानिसहरुको सम्पर्क भन्दा टाढा रहेको सन्दर्भमा कोरोना हामीकहाँ आइ पुग्न सक्दैन । अहिलेको वेला कतिपयमा लकडाउनमा वाहिर हिडडुल गर्न सक्नु भनेको महान काम हो जस्तो गरेको देखिन्छ अनि कामै नपरीपनि मलाइ त के हुन्छ र भनेर घुमफिर गरेको देखिन्छ । वास्तवमा हामीले गर्ने सामान्य गल्तीले नै भोलि भयानक रुप लिन सक्छ । हामीले हाम्रो व्यवहार जव सम्म वदल्न सक्दैनौँ र आफुलाई नपरे सम्म जव सम्म हाम्रा चेत खुल्दैनन् सरकारले जति लकडाउन गरे पनि कोरोना हामी सम्म आइपुग्छ । त्यस कारण यसको रोकथामको उत्तम विकल्प भनेको लकडाउनको पालना गर्नु हो ।

अर्को महत्वपुर्ण कार्य के हो भने पछिल्लो समयमा देखिएका कोरोना संक्रमित मध्ये धेरैलाई कुनै लक्षण नदेखिएको अवस्था छ । यस्तो वेला कसलाई कोरोनाको संक्रमण छ भनेर हेर्दैमा भन्न सकिने अवस्था छैन । यस्तो वेला सवैले सावधानीपुर्वक मास्क जस्त व्यक्तिगत सुरक्षाका सामाग्रीहरु नियमित रुपमा प्रयोग गर्नु पर्छ । अनि नियमित रुपमा सावुन पानिले मिचिमिचि हात धुनुपर्ने देखिन्छ ।

काम गरी खाने अति विपन्न परिवार, जेष्ठ नागरिक, महिला तथा वालवालिका, विशेषगरी गर्भवति तथा सुत्केरीहरुको स्वासथ्यमा प्रत्यक्ष रुपमा प्रभाव पर्न गएको सवैमा सर्वविधितै छ । यसलाई मध्यनजर गर्दै संघिय सरकार, प्रदेश सरकार र स्थानिय तहहरुले यसमा बढि संयमता अपनाएको छ । तर पनि यसमा अझै बढि ध्यान दिनुपर्ने देखिन्छ । यस्तै असंगठित श्रमीक तथा ज्याला मजदुरी गरेका खाने अति विपन्न परिवारहरुलाई नेपाल सरकारले राहत प्याकेज घोषणा गरेको छ र वितरण पनि गरेको छ । यसरी विग्रन गएको देशको अर्थतन्त्रको अवस्थालाई सवैले गम्भिर रुपले सोच्न र यो अवस्थामा सवैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने सवेको दायित्व बनेको छ ।

कोरोना जस्तो महामारीको कारण देशको शिक्षा क्षेत्रमा पनि उच्चतम रुपमा असर परेको छ । जसमा सवैभन्दा बढि प्रभाव एसइइ दिने विद्यार्थिहरुमा परेको छ । सामुदायिक तथा निजि सवैखाले विद्यालयको शैक्षिक अवस्थामा पुर्ण रुपमा प्रभाव परेको छ । यस्तो अवस्थामा समपुर्ण आदरनिय आमावुवा दाजुभाई तथा दिदिबहिनिहरुले विश्वभरी फैलिएको कोरोनाको महामारीबाट वच्न नियमित सावुनपानिले हात धुनुपर्ने, स्वच्छ र स्वस्थ खानेकुरा खानुपर्ने र यसबाट कोहिपनि विचलित नहुन र लकडाउनको पुर्ण पालना गरियो भने कोरोनाबाट वच्न सकिन्छ ।

कोरोनाको संक्रमणका कारण अहिले पुरै विश्व नै थला परेको छ । यस्तो अवस्थामा प्रभावित नभएको कुनै पक्ष छैन । त्यसकारण आफु मात्रै प्रभावित भएको महसुस कसैले नगरी लकडाउनको पुर्ण पालना गरौँ । अहिले परेका साना समस्याहरुलाई सहेरै भएपनि भोलिको उज्यालो भविष्यको लागी सवैले आफ्नो दायित्व पुरा गरौँ । आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ ।

यो कोरोना भाइरस विश्वमै नयाँ भएकोले यसलाई यसबाट पुर्णरुपमा छुठकारा पाउन सवैले आआफ्नो आनिबानिमा सुधार गर्नुको विकल्प छैन । यसको रोकथामका लागी सवैले हातेमालोगर्नका लागी आ आफ्नो ठाउँबाट संकल्प गरौँ । किनभने कोरोनाबाट वच्ने र यसलाई रोक्ने कि यसलाई फैलाउने हाम्रै हातमा छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७७, आईतवार १०:५१