Purushottam Giri

  • ८ जेष्ठ २०७७, बिहीबार १७:५१

लकडाउनमा देखिएका अवसरहरुः लकडाउन बन्यो कृषिकर्म देखि अन्तरनिहित क्षमता देखाउने मौका

कोरोना भाइरस (कोभिड १९) बाट अहिले पुरै विश्व नै आतंकित छ । वश्वका २ सय भन्दा बढि देशहरुमा फैलिएर कोरोनाले सन्त्रासमय बनाएको छ । यो रोगका कारण विश्वका विभिन्न देशहरुमा गरि अहिले सम्म ५१ लाख बढि मानिसहरू संक्रमित भएको पुष्टि भएको छ भने हाल सम्म झण्डै साढे ३ लाखले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनी कोरोनाको रोकथामका निम्ती नेपाल सरकारले लकडाउन गरेको झण्डै २ महिना पुग्न लागिसकेको छ । हाल सम्म नेपालमा कोरोना संक्रमनको कारण संक्रमीत हुनेको संख्या साढे चार सय नाघेकोे छ भने अहिले सम्म ३ जनाको ज्यान गैसकेको छ । नेपाल सरकारले गत चैत्र ११ गते देखी कोरोना भाइरस फैलन नदिनका लागी लकडाउन घोषणा ग¥यो । अती आवश्यक सेवा बाहेक सम्पुर्ण कुराहरु बन्द भए । लकडाउन भनेको जो जहाँ छ त्यही बस्नु भन्ने बुझाइ अनुरुप लकडाउन शुरु हुनु केहिदिन पहिलेदेखि धेरै जसो मानिसहरु आफ्नो घर फर्किए ।

हन त लकडाउन गर्नु सरकारको लागी एउटा बाध्यात्मक परिस्थीति थियो । कोरोना भाइरसबाट जोखिनको लागी यो मात्रै एउटा विकल्प थियो । धेरैको रोजगारी गुम्ने स्थितिको श्रृजना हुनु, वालवालिका पढ्नको लागी विद्यालय जान नपाउनु, समग्रमा भन्दा सर्वसाधारणको दैनिकी कष्टकर बन्दै जानु जस्ता समस्या भोग्नु परेपनि कतिपय मानिसहरुले लकडाउनलाई अवसरको रुपमा समेत लिए । सवैभन्दा बुद्धिमान मानिस त्यहि हो जसले भोग्नुपरेका चुनौतिहरुलाई अवसरको रुपमा उपयोग गर्छ । कतिपय मानिसहरुले यसलाई अवसरको रुपमा लिए । लकडाउनका कारण के के अवसरहरु श्रृजना हुन पुगे भन्ने बारेमा म यहाँ केहि कोट्याउने प्रयत्न गर्दैछु ।

बाँझो जमिन खनजोत र कृषि कर्मः लकडाउनको समयमा धेरै मानिसहरु आफ्नो थात्थलोमा फर्किए । गाउँमा सारा काम छोडेर गाउँ फर्किसकेपछि धेरैलाई कृषि कर्म बाहेकको विकल्प पनि थिएन । शहर पस्दा वाँझो बनेका खेतबारीले फेरी हरियो बन्ने मौका पाए । यसको एउटा प्रत्यक्ष फाइदा भनेको भारतिय तरकारीमा बढि भर परेका नेपालीहरुले केहि मात्रामा भएपनि आफ्नै खेतबारीको उत्पादन खानको लागी केहि हद सम्म सजिलो बन्ने देखियो । अर्कोतर्फ सरकारले नै जग्गा बाँझो नराख्न प्रोतसाहित गरेको देखियो । समग्रमा कतिपय खेतवारीले मालिक देख्न पाए भने मालिकले खेतबारी बुझ्न पाए । जो लकडाउनका कारण देखिएको एउटा अवसर थियो ।

बालबालिकाहरु सामाग्रीसँग प्रत्यक्ष साक्षात्कार हुने मौकाः अहिलेको समयमा धेरैजसो बालबालिकाहरु बास्तविक कुरा, सामाग्री तथा चिजविजसँग साक्षात्कार हुने मौका कम पाउँछन् । दिनभर विद्यालयको शैद्धान्तिक ज्ञान, विहान वेलुका गृककार्यको चटारो तथा त्यसबाहेक अनलाइनको लतले अहिलेका बालबालिकाहरुले दुध डेरीले दिन्छ अनि चामल बोराबाट आउँछ भन्ने स्थिति छ । यस्तो अवस्थाबाट गुज्रीरहेका बालबालिकाहरुले यो समयमा खेतबारीसँग साक्षत्कार गर्ने मौका पाए, तरकारीका बोटहरुसँग घुलमिल हुन पाए । गाइका बाच्छाबाच्छी तथा बाख्राका पाठापाठीसँग साइनो गास्न पाए । खोलानाला चिन्न पाए । हामीले खाने अन्नपात कसरी आउँदो रैछ भन्ने कुरा बुझ्न पाए । पढ्ने वेला कितावमा देखेका, बुझेका अनि चिनेका कुराहरुसँग साक्षात्कार हुन पाए । जसले गर्दा उनिहरुले सिकेको ज्ञानले जिवन्त हुने मौका पायो । लकडाउनको यो अर्को एउटा उपलव्धी हो ।

पारिवारिक र सामाजिक एकताको अवसरः यो ‘लकडाउन’को क्षणलाई पारिवारिक र सामाजिक एकताको अवसरका रुपमा पनि लिन सकिन्छ । सम्पर्क र भेटघाट पातलियो भने पतिपत्नी बीच समेत कटुता पैदा हुन्छ । असमझदारी शंका, उपशंका जन्मिन्छन् । यस अवधिमा परिवारका सदस्यसँगै बसेर मीठा र ताजा परिकार खाएर खाएको देखियो । खुलस्त संवाद र अभिव्यक्तिका माध्यमबाट पारस्परिक बेमेल र असमझदारी हटाउन सकिन्छ । आफ्नो पारिवारिक पृष्ठभूमि र इतिहासको वस्तुगत चर्चा गरेर पारिवारिक एकतालाई अझै बलियो बनाउन सकिन्छ ।

पाककला देखि अन्तरनिहित प्रतिभा देखाउने अवसरः लकडाउनको अर्को महत्वपुर्ण पक्ष भनेको धेरै मानिसहरुले आफुमा अन्तरनिहित क्षमतालाई बाहिर ल्याउन लतिलो समयको रुपमा लकडाउनलाई लिएका छन् । कतिपयले खेतिबारीको काममा अव्वल रहेको देखाइरहेका छन् भने कतिपयले भलै युट्युवको सहायतामा होस मिठामिठा परिकारहरु तयार पाएर खाने अवसरको रुपमा लकडाउनलाई लिएका छन् । त्यति मात्रै नभएर यो वेला खान पकाउन नजानेकाहरुलाई पनि खान पकाउन सिक्ने गतिलो समय बनेको छ । कपिपयले भने नाच्ने, गाउने अनि अभिनय गर्ने कलालाई तिखारिरहेका छन् । गित, गजल लेख्ने, कोठा सजाउने, चित्र बनाउने र साहित्य श्रृजना गर्ने प्रतिभालाई पनि कतिपयले प्रयोगमा ल्याएको हामीले फेसवुक, टिकटक जस्ता सामाजिक संजालबाटै मज्जाले देख्न सक्छौँ । यो लकडाउनका कारण देखिएको महत्वपुर्ण अवसर हो । लकडाउनको समयमा मानिसहरुलाइ घरमै बसेर गर्न सकिने सिपमुलक कार्य सीक्नको लागी समय प्राप्त भएको छ भने त्यसमा पनि घरमा बसेर र सामाजीक दुरी कायम रखेर सीलाइबुनाइको काम, बिभिन्न किसिमका हस्तकलाका सामाग्रिहरु बानाउने गरेको पाइन्छ । त्यसैले यो समय भनेको व्यक्तिगत रुचिमा रमाउने अवसर हो भन्न सकिन्छ । त्यस्तै नेट तथा इन्टरनेटको सहि सदुपयोग गर्दै विभिन्न कुरा सिक्ने अवसर मिलेको छ ।

लकडाउनले केही नकारात्मक असर पनि परेको छ । आर्थीक अभाब दैनीक कामकाज ठप्पहुदा आम्दानीको स्रोत बन्द हुँदा कतिपयलाई समस्या भएको छ । कतिपय मानिसहरु जे होस धेरै नकारात्मक पक्षहरु हुँदाहुँदै पनि हामी नेपालीहरु कोरोनाको संक्रमणबाट वच्नको लागी यो कठिन परिस्थितिसँग लडिरहेका छौँ । मान्छेमा यस्ता दुःखद, पीडादायी घटनाले सकारात्मक परिवर्तन पनि ल्याउने हुनाले महामारी र बन्दाबन्दीका नकारात्मक पक्षबाट नआत्तिई सकारात्मकरूपमा सदुपयोग गरौँ । सतर्क र सावधानहुन भने कुनै हालमा पनि नभुलौँ ।

प्रकाशित मिति: ८ जेष्ठ २०७७, बिहीबार १७:५१