Purushottam Giri

  • १४ जेष्ठ २०७७, बुधबार १३:४४

कोरोना कहरः महामारीमा योजना अनुगमनको सकस

चिनको वुहान प्रान्तबाट शुरु भै विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट लाग्ने कोभिड १९ रोग हाल विश्वका २ सय १५ भन्दा बढि मुलुकमा फैलिसकेको अवस्था छ । यो रोगको कारणले विश्वमा तिन लाख भन्दा बढीले ज्यान गुमाएको अवस्थामा नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन ।

नेपालमा पनि कारोना भाइरसले दिन दुई गुना रात चौगुनाको अवस्थामा संक्रमण फैलाईरहेको अवसथामा पछिल्लो चरणमा कर्णाली प्रदेश पनि टाढा रहन सकेन । नेपाल लयायत विश्वले यसबाट जोगिनका लागी हरप्रयास गरिरहेको परिप्रेक्ष्यमा यसको संक्रमण फैलिन नदिने उत्तम उपाय लकडाउनलाई नै मानिएको छ । विश्वका मै हुँ भन्ने शक्ति देशहरुले समेत यसको खोप तथा औषधि पत्ता लगाउनका उल्लेख्य प्रगति गर्न नसकेको वर्तमान अवस्थामा नेपालको अवस्था पनि भयावह हुने सहजै अनुमान गर्न सकिन्छ । विश्वका शक्ति देशहरुले भयाक्सिन पत्ता लगाउनमा प्रतिस्पर्धा गरिरहेका छन् । यस्तो अवस्थामा यो काम सम्पन्न हुन पनि केहि समय लाग्ने देखिन्छ । यदि भ्याक्सिन पत्ता लागि हालेमा पनि यसलाई डव्लुएचओले मान्यता दिएर विश्वबजारमा ल्याउन र सवैको पहुँचमा लैजान थप समय लमग्ने देखिन्छ ।

यस्तो अवस्थामा नेपालीलाई बचाउन र सचेत बनाउन यो रोगको बारेमा सवै जानकार र सचेत हुनु जरुरी छ । सामान्यतया यसको संक्रमणबाट उच्च ज्वरो आउने, खोकि लाग्ने, टाउको खुख्ने, श्वासप्रश्वासमा समस्या देखिने भनिएपनि नेपालमा पछिल्लो पटक धेरै संक्रमितहरुलाई कुनै लक्षण नै नदेखिएको अवस्था छ । जुन विषय थप टाउको दुखाइको विषय बनेको छ ।

तर पनि हाम्रो जस्तो देशको अवस्थालाई केलाउने हो भने सवैभन्दा पहिले संक्रमण हुनै नदिनु नै यसबाट जोगिने प्रमुख उपाय हो । त्यसकारण लकडाउनको पालना गर्दै हामीले हाम्रा आनिबानिमा केहि न केहि सुधार गर्नै पर्दछ । हामीले कम्तीमा २० सेकेन्ड जति सावुन पानिले मिचिमिचि हात धुने र सेनेटाइजरको प्रयोग गर्ने, मास्कको प्रयोग गर्ने र भिडभागमा नजाने जानैपरे सामाजिक दुर िकायम गर्ने, खोक्दा र हाक्ष्यु गर्दा नाक र मुख सफा कपडाले छोप्ने, रुघाखोकी लागेका वा विरामी व्यक्तिसँग सकभर टाढा बस्ने, लक्षण देखिएमा यथाशिघ्र चिकित्सकको सम्पर्कमा जाने गरेमा यो संक्रमणबाट हामी अधिकतम स्तरमा सुरक्षित हुन सक्छौँ ।

अहिलेको अवस्थामा तिनै तहका सरकारहरु संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार सवै कोरोनाको जोखिम बढ्न नदिनको लागी हरसम्भव लागिपरेका छन् । त्यसमा पनि स्थानिय सरकार जनतासँग सँगसँगै हुने भएकोले कोरोनाको रोकथामको लागी झनै शसक्त रुपमा लागेको अवस्था छ ।

यो वेलामा कोरोनासँगको लडाँई त छ नै तर आर्थिक वर्षको अन्त्यतिर भएकोले धेरै योजनाहरु सम्पन्न गर्नुपर्ने र सम्पन्न योजनाहरुको अनुगमन गरेर भुक्तानि दिनुपर्ने अवस्था पनि छ । यस्तो वेलामा हामीले सुरक्षित तरिकाले विकासका काम संचालन, योजनाको अनुगमन र भुक्तानिको कामलाइ पनि अघि बढाएका छौँ ।

किनभने नेपालमा कोरोनाको प्रवेश हुनुपुर्व नै धेरै योजनाहरु संचालन भैरहेका थिए । कतिपय साना तथा मझौला खालका योजनाहरु त अन्तिम चरणमा थिए । तर देशमा कोरोना भाइरसको प्रवेशसँगै देश लकडाउनमा गयो । यस्तो वेलामा धेरै काम स्थगित भएभने जनताहरु पनि सकेसम्म सुरक्षित बस्ने व्यवस्था तर्फ लागे । शुरुमा एक हप्ताका लागी भएको लडडाउन २ महिना भन्दा लामो भैसकेको छ । अझैँपनि लकडाउन कति लामो हुन्छ भन्ने एकिन छैन । यस्तो वेलामा कतिपय ठाउँ जो गाउँ नै क्वारेन्टाइनको जस्तो अवस्थामा छन् जहाँका नागरिकहरुको खासै अन्यत्र आवतजावत हुदैन त्यस्ता ठाउँमा सामाजिक दुरी कायम गरेर सुरक्षित तरिकाले काम अघि बढाउने अवस्था छ । अर्को तर्फ सम्पन्न भएका योजनाहरुको अनुगमन नभैकन भुक्तानि दिन मिल्दैन । यस्तो वेलामा आफु सुरक्षत भएर अनुगमन गर्नुको विकल्प नै छैन ।

कोरोनाका कारण योजना अनुगमनमा विभिन्न कठिनाईका बाबजुत कालिमाटी गाउँपालिकामा अनुगमनको काम गरिएको छ । आर्थिक वर्षको अन्त्यतिर भएका कारण योजना अनुगमन गर्नैपर्ने अवस्था छ । तर पनि सुरक्षित तवरले अनुगमन गरिरहेको अवस्था छ । कालिमाटी गाउँपापलिकाको अनुगमन समितिले यस्तो अवस्थामा पनि सम्पन्न भएका विभिन्न योजनाहरुको अनुगमन गरेको अवस्था छ । बरु जति सकिन्छ सुरक्षित तरिकाले अनुगमन समितिले कामको वाँडफाँड गरेर हामीले अनुगमन गरिरहेको अवस्था छ ।

सल्यान जिल्लामै यो गाउँपालिका सवै भन्दा ठुला हो । सवै भन्दा ठुलो गाउँपालिका र भौगोलिक दृष्टिले विकट यस गाउपालिका ५००.७२ वर्ग किलोमिटरमा फैलिएको छ । तर पनि समयतालिका मिलाएर अनुगमन गरेर भुक्तानि गर्दै आएको अवस्था छ । यस्तो वेलामा अनुगमन गर्नुभनेको सहज पक्कै छैन । विविध कठिनाइका बावजुत अधिकतम रुपमा सावधानी अपनाएर अहिले हामीले अनुगमन प्रकृयालाई अघि बढाएको अवस्था छ । गाउँमा अनुगमन गर्न जाँदा कठिन भएता पनि यस अवस्थामा पुग्दा जनताको अनुहारमा खुसि छाएको नै देखिन्छ । जनताहरु यस्तो कठिन परिस्थीतिमा पनि विकासले काँचुली फेदा खुसि हुनु स्वभावित पनि हो । जनप्रतिनिधि र कर्मचारी जाँदा सरकार हाम्रो भएको अनुभुति नागरिकहरुले गर्न पाएका छन् ।

यो अनुगमनको कामलाई हामीले अवसरको रुपमा पनि लिएका छौँ । योजना अनुगमनको क्रममा कोरोनाबाट वच्न सचेतना फैलाउने काम पनि भएको छ । अहिलेको कठिन परिस्थीतिमा कोरोनाबाट जोगिनु त छ नै तर महामारी राेकथामसँगै जनताकाे कामलाइ पनि नजरअन्दाज गर्न मिल्दैन । त्यसैले वाहिर रहेका नागरिकलाइ स्थानिय तहमा सुरक्षित रूपमा ल्याएर उनिहरूलाइ स्वास्थ्यजाँच पछि घर फर्काउनका लागी स्थानिय तहलाइ प्रदेश र संघिय सरकारले थप सहयाेग गर्नुपर्ने देखिन्छ भने काेराेनाकाे संक्रमण नदेखिएका स्थानिय तहमा सचेतता पुर्वक विकासका कामलाइ पनि अघि बढाउनु उपयुक्त हुने देखिन्छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७७, बुधबार १३:४४