राष्ट्रियता, राजनिति र संस्कार

बर्तमान समय मेरो देश संकटापुर्ण स्तिथीमा छ । देशको राष्ट्रियता संकटतर्फ धकेलिदै गरेको महसुस गर्न सक्छौ ,हामी अहिले चौतर्फी चपेटामा गुज्रिरहेका छौ एक तर्फ महामारीको रुप लिएको कोभिड १९ ले स्तिथी असामान्य तिर लिदै छ भने यो भन्दा झन खतरापुर्ण बिषय बनेको छ हाम्रो कालापानी ,सुस्ता लिपुलेक ,लिम्पियाधुरा जस्ता रणनैतिक हिसाबले महत्त्वपूर्ण मानिएका हाम्रा ती सुन्दर भुमी प्रती बिस्तारबाद को नजर , अनि अर्को छ ।

मिलिनियम च्यालेन्ज कर्पोरेसन MCC यी दुई बिषय हाम्रो राष्ट्र का लागि अति संबेदनसिल र खतरापूर्ण छन यी बिसयमा तत्कालै ध्यानाकर्षण नगर्ने हो भने हाम्रो गौरबपुर्ण ईतिहास गुम्ने लगभग पक्का जस्तै छ । हामी कहिल्यै कसैको गुलाम नबनेका गोर्खाली हौ यो बुझ्नुपर्छ र बेलैमा नेतृत्व ले सोच्नुपर्छ र नागरिक ले पनि आफ्नो ठाउबाट नेतृत्व लाई सहयोग गर्ने कुरा त अनिवार्य नै छ । यति लेख्दै र भन्दै गर्दा म अर्को प्रसङ्ग लिन चाहे , यो देश को सबभन्दा ठूलो समस्या हो कुर्सी, यो देशमा के नभएर कुरा मिल्दैन ? कुर्सी ,देश बिकास हुनलाई के चाहिन्छ ? कुर्सि , बहुदलीय प्रणालिको सबैभन्दा खराब सोच यै हो कि ? सत्ता र शक्ति नभै आफुले या आफ्नो पार्टी भनेअनुसार को काम गर्न र गराउन नसकिने । काम गर्न गराउन को लागि सत्ता हत्याउनै पर्यो , त्यैभएर सत्ता परिबर्तन भएको भयै जनताको समस्या ज्यु का त्यु । आफ्नो बिचार लागू गर्न कार्यकर्ता को समर्थन चाहिने ,नत्र त्यो बिचार गफ मात्र हुन जान्छ र त्यसको कुनै कार्यान्वयन हुन्न के गर्नु कार्यकर्ताले आफ्नो परिवार सहि बिचार र सिद्धान्त ले मात्र पाल्दैनन ,उनीहरुको परिवार पाल्न पैसाकै आब्स्यक्ता पर्छ ,अनि सुरु हुन्छ पावरको खेल , कार्यकर्ता को आफन्तलाई बिना योग्यता जागिर को राम्रो पोस्ट दिलाईदिनै पर्यो , हैन भने त्यो काम अर्कैले गर्छ , अनि कार्यकर्ता भरी पार्टी भित्र को अर्को गुटको ।

मत ठूलो हुँदै हैन, तिमी पनि हैन, देशभन्दा ठूलो अरु, कोहि पनि छैन । राष्ट्रियता भन्दा माथी कोहि छैन, जति भनेपनि दण्ड ,सजाए ,कानुन त आफ्नो बिरोधिलाई तह लाउने साधन मात्र भए ।

बिचार जतिसुकै राम्रो भएपनी आफू कार्यकर्ताबिहिन ,समर्थन गर्ने एकजना भेटिदैन , अनि नेताले देखासिखी आफ्नो बर्चस्व कायम गर्न पनि आफ्ना निकट कार्यकर्ता वा आफन्तलाई राम्रो राम्रो पोस्ट दिलाईदिनै पर्यो ,अनि योग्य ब्यक्ती सहि ठाउमा नपुग्ने र अयोग्य ब्यक्तिको तल भएर काम गर्नुपर्ने अनि सुरु हुन्छ फेरि पावर को खेल ,जे गर्दानी पावर चाहिने सर्बसाधारण पावरको मारमा । गुन्डा र डन यो ब्यबस्थाका मुख्य मोहराहरु हुन ।

यिनी बिना भड्किएका कार्यकर्ता तह लाउन सकिन्न , आफ्ना निकटहरुलाई ठेक्का पट्टा पार्न सकिन्न , उनिहरुलाई पनि राजनैतिक संरक्षण चाहिने होला / पुलिस प्रशासन पनि गर्न खोजेर पनि केही गर्न नसक्ने ? गर्न खोज्ने सरुवा , हस्तक्षेप अनि पुरै सिस्टम पावरको खेलभित्र गुलाम हुँदै जान्छ ।

दण्ड ,सजाए ,कानुन त आफ्नो बिरोधिलाई तह लाउने साधन मात्र । अनि कस्ले गरेको ठिक र कस्ले गरेको गलत ? मिडिया पनि आफुलाई कताको सपोर्ट छ , त्यसको ढाकछोप मा तल्लिन हुनै पर्यो ,हैन भने आफ्नो अस्तित्व को खतरा ? त्यसकारण यो नामको मात्र गणतन्त्र हो जसमा पिछडिएका बर्गको राज कहिल्यै हुदैन , सधै बोल वाला र पावरवालाको मात्र राज हुन्छ ।

त्यसैले राष्ट्र र राष्ट्रियता भन्दा माथी कोहि छैन । मत ठूलो हुदैहैन , तिमी पनि हैन , देशभन्दा ठूलो अरु , कोहिपनी छैन ।

प्रकाशित मिति: १६ जेष्ठ २०७७, शुक्रबार १५:०७