Purushottam Giri

  • २० जेष्ठ २०७७, मंगलवार १२:२२

जातीय विभेदको भुमरीमा नेपाली समाजः बन्दैछ २१ औँ शताव्दीकै समाजिक “कलंक”

पश्चिम रुकुम चौरजहारी नगरपालिकाको सोति गाउँ मा भएको मानव नरसंहारको घटनाले सम्पुर्ण नेपाललाई स्तब्ध वनाएको छ जसको जति नै निन्दा गर्दा पनि कम हुन्छ । दलित र गैह्र दलित विचमा भएको प्रेम सम्वन्धका कारण घटना घटाईएको हुन सक्ने कुरा वाहिर आएता पनि घटनाको प्रमुख कारण नव गठित उच्च स्तरिय छानविन समितिले सत्य तथ्य वाहिर ल्याउने नै छ तर घटनाको प्रकृति हेर्दा जातिय विभेद नै मुख्य कारक हुन सक्ने अनुमान गर्न सकिन्छ ।

नेपाली समाजमा कलंक का रुपमा रहेको प्रथा जातिय विभेद अहिले को २१ औं शताव्दीको आधुनिक समाजमा पनि कसरी जडा गाडेर वसेको रहेछ भन्ने कुराको दृष्टान्त पछिलो पटक रुकुम को घटनाले उदाङ्गो वनाई दिएको छ । नेपालको संविधानले जातिय विभेद मुक्त राष्ट्र घोषणा गरेको आधा शताव्दी विति सक्दा पनि दलित समुदाय माथिको विभेद र अपराध नरोकिनुले कानुनी कार्यान्वयन मा प्रश्न खडा गरेको छ । जातकै कारण मान्छे मार्न पनि पछि नपर्ने यो समाज वाट कसरि जातिय भिभेद उन्मुलन भएको भनि विश्वस्त हुन सकिन्छ ? जहाँ प्रेम गर्दा को प्रतिफल मृत्युवरण गर्नुपर्दछ, धारा, मन्दिर छोएको निहँुमा मराणशन्न हुने गरि कुटपिट खानु पर्दछ, समुदायमा निकै तुच्छ र तल्लो स्तरको व्यवहार सहन गर्नुपर्छ अनीे यस्तो विभेदकारी समाजवाट सुसंस्कृत समाजको परिकल्पना गर्नुको सान्दर्भिकता कति हुन सक्छ ?

पृथ्वी नारायण शाहाले नेपाल ४ जात ३६ वर्णको साझा फुलवारि हो भनेका थिए तर जातिय विभेदकै कारण घटेका घटना लाई हेर्दा लाग्छ यो देश सवैको साझा नभई केहि निश्चित समुदायको लागी हो जो आफुलाई समाजको सर्वौपरि ठान्ने, श्रृष्टिकै मसिहा सम्झने अनि अति—व्राह्मणवादी चिन्तन जस्तो रोगले ग्रसीत भएका कथित उच्च जातका लागि मात्र भएको महशुस गराएको छ । जातिय विभेद विरुद्धको कानुन वने यता करिव १७ जना दलितले जातकै कारण मृत्युलाई अगांल्नु परेको तितो यथार्थ हाम्रो मानसपटल मा ताजा छ । के संविधानमा लेख्दैमा कानुन वनाउदैमा छुवाछुत जस्तो कु–प्रथाको अन्त्य गर्न सम्भव छ त ? निकै गम्भिर परिस्थितिको सृजना गरेको छ ।

पछिल्लो समयको घटना लाई लिएर समाजिक सजालमा प्रस्फुटित भएका तथाकथित दलित र गैरदलित समुदाय विचको विचारको द्धन्द देख्दा आफु यो २१ औं सताव्दिको आधुनिक समाजमा छु भन्ने विश्वास नै लागिरहेको छैन यहा ति उपल्लो जातका दर्जा पाएका केहि व्यक्तिहरु यो घटना दलित भएरै घटेको मान्न सम्म तयार नभएका वरु अपहरण, वालविवहा, अनि अन्य अनेक तर्क राखि घटनालाई लुकाउन तर्फ उन्मुख भएको देखिन्दछ । उनिहरु लाई थाहा छ की नवराज दलित भएकै कारण यो घटना भएको हो तर दरिद्र, अपराधिक मष्तिस्कमा जातियवाद को रोगले ग्रसित भएकाहरु लाई अपराध पनि नदेख्ने अन्धो वानाई दिएको देख्दा आफु पनि यहि समाजको एक पात्र हु भन्न हिनतावोधको महशुस गरिरहेको छु । पछिल्लो समयको परिदृष्य लाई हेर्दा जातिय विभेद नै यो घटनाको मुख्य कारण भएको भनि विरोधमा उत्रिएर दोषिलाई न्यायका निम्ति सारा दलित समुदाय सडक देखि सदन सम्म तताई रहँदा केही उपल्लो जातका मानिसहरु मुख दर्शक भै हेरिरहेको र जे भयो ठिक्क भयो भन्ने छनक देखाई गिज्याई रहेको भान भएको छ । यो घटना नितान्त दलित समुदायको हो जस्को समर्थन र साथ दिदा आफुलाई तल्लो स्तरको सम्झने सोच देख्दा यस्तो लाग्छ तिनिहरु जातियवाद ले ख्रोक्रो वनाएका पतित जात हुन मानवका नाममा कलंक हुन ।

पश्चिम रुकुममा घटेको घटना नेपालि समाजमा घटने जातिय विभेद सम्वन्धि घटना मात्र एक अशं हो । समाजमा जातिय विभेद का घटना निरन्तर घटिनै रहेको छ जस्को अन्त्यका लागी कानुनि कार्यान्वायनमा राज्य उदासिन हुनु हुदैन ।

 

अझ, सामाजिक संजालमा दलित समुदायको अपमान गर्ने गरि, प्रतिष्ठामा आच आउने खालका निकै तल्लो स्तरको अपमान जनक शव्दको प्रयोग गरिनुले पनि द्धन्दलाई उक्साई रहेको महशुस गर्न सकिन्छ । जस्ले सामाजिक एकता, सामाजिक सद्धवाभमा खलल पु¥याउने र यहि अवस्था रहिरहे जातिय द्धन्द को पनि विजारोपण हुन सक्ने सहज अनुमान गर्न सकिन्छ ।। तसर्थ यस्तो परिस्थितिमा आफुलाई समयमित वनाउनु र विवेकीपुर्ण वाटो अगांली न्यायका पक्षमा उभिनुनै यो विषम परिस्थितिमा उत्तम विकल्प हुनसक्छ ।

जातिय विभेद दलित र गैह्र दलित विचमा मात्र नभई स्वयम दलित समुदाय भित्र पनि वर्वरतापुर्ण रहेको कुराले यो समाजको व्यवस्था लाई जातीय प्रथाले कसरी जगडेको छ भन्ने कुराको तथ्यलाई सहजै नियाल्न सकिन्छ । तर के दलितहरु विच नै छुवाछुत छ, हामिले गर्दा चै यस्तो हगांमा किन ?? भन्ने जस्ता वखेडा थापेर त्यस्तो कुप्रथाकोे प्रश्रय दिनु कतिको तर्कसंगत होला मनन गर्नु आवश्यक छ । जातिय विभेद समाजको कलंकका रुपमा रहेको छ । जातिय छुवाछुतको समस्याले समाजको सुन्दरता मा कालो ढव्वा लगाएको छ जस्को उन्मुलन गर्नुको विकल्प छैन । जहाँ मान्छे मारेर पनि आत्मा आलोचना गर्नुको साटो वरु मान्छे मारेरै सवक सिकाउनु पर्दछ, हैसियत चिनाउनु पर्छ भन्ने भाव प्रकट गर्ने, संवेदना भन्दा पनि क्रुर र निक्रिष्ट व्यवहार देखाउनाले र समाजिक संजालमा निकै तल्लो स्तरमा झरेर अपमान जनक शव्दको प्रयोग गरि गालि गलौज गर्नुले समाजमा दलित समुदाय माथिका कथित उपल्लो जातका केहि व्यक्ति तथा समुदायको दृष्टिकोण वुझ्न गाह्रो छैन । तर यास्ता अति व्राह्मणवाद मानसिक रोगले ग्रसित व्यक्ति तथा समुदायको समयमै उपचार गर्न नसके भोलिका दिन आउने भयावहको अवस्था निकै उग्र हुने कुरामा दुईमत देखिदैन ।

पश्चिम रुकुममा घटेको घटना नेपालि समाजमा घटने जातिय विभेद सम्वन्धि घटना मात्र एक अशं हो । समाजमा जातिय विभेद का घटना निरन्तर घटिनै रहेको छ जस्को अन्त्यका लागी कानुनि कार्यान्वायनमा राज्य उदासिन हुनु हुदैन । अझ यस्ता घटनालाई राजनितिकी करण गरि तोडमोड गरिदा सम्रग न्यायको पक्षधर मा उदासिनता छाएको छ । दोषि लाई कारवाहि र पडित लाई न्यायका लागि सत्य तथ्य वाहिर ल्याउन जरुरि छ यदि दोषिलाई वाचाउन सत्य तथ्य लुकाउन खोजे यस्ता गम्भिर प्रकृतिका घटनालाई अझ वढावा मिल्न सक्छ । तसर्थ, यो घटना लाई राजनितिकरण नगरि सत्य तथ्य छानविन गरि दोषि लाई कडा भन्दा काडा कारवाहि गरि समुन्नत, सु–सजित तथा सु–संस्कृत समाजको निर्माण गर्नु जन भावना र आजको आधुनिक समाजको अपरिहार्यता हो ।

 

कानुन आफैमा साध्य होइन, कानुनमा जति सुकै कठोर कुरा लेखेता पनि यसको कार्यान्वयन मानिसहरुको जव व्यवहारिक रुपमा परिर्वतन हुन सकदैन कानुनी कार्यान्वयनको जटिलता पनि उत्तिकै हुन्छ । जातिय रुपमा आफुलाई धुरन्धर पक्षपाति ठान्नेहरुले पनि आफु केन्द्रमा आउँदा नाक खुम्च्याउने तितो इतिहाँस छ । अहिलेको तितो यथार्थ पनि के हो भने हामी हरेकले अरुले जातिय विभेद गर्दा यो गलत हो भन्ने हरु पनि आफु र आफ्नाले विभेद गर्दा गलत हो भन्न सक्दैनौँ । त्यसैले सवैले मनबाटै विभेद हटाउने प्रण जससम्म हामीले गर्न सक्दैनौ तवसम्मँ यो समस्याले जरा गाडिरहन्छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलवार १२:२२