साउन महिनाको महत्व, फेसन र हाम्रो बुझाइ

साउन महिना जताततै हरियालीले भरिने समय हो । सीमसीमे पानि परीरहेको, किसानहरु खेतीपाती लगाएर थकान मेटाएको महसुस गरीरहेको महिना नै साउन महिना हो । उता चाडपर्वले पछ्याएको समय पनि सान महिनामै हो त्यसकारण साउन महिनाको बिशेष महत्व छ ।

यसै गरी महिलाहरु साउन महिनाको बिशेष महिमा झल्काउने गरेको पइन्छ । बिबाहित तथा अबिबाहित महिलाहरु यस महिनामा हातमा हरीयो पहिले, चुरा, पोते,मेहेन्दी लगाएर ब्रत बस्ने गर्दछन, भने केहि पुरुषहरु पनि साउनमा सोमबारको ब्रत बसेको पाइन्छ ।

साउन महिनामा महिलाहरु शिवजीको व्रत बस्ने हरिया र पहेँला कपडा लगाउने गर्छन । विशेष गरी हिन्दू नारीले साउन महिनाको महत्व समाजमा झल्काउँदै आएका छन् । सोमबार शिवजीको व्रत बस्नुपर्छ भन्ने चलन विगतदेखि नै थियो तर साउनको सोमबार व्रत बस्नुपर्छ भन्ने चलन केही वर्ष पहिलादेखि मात्र चलेको हिन्दू महिलाहरू भनाइ छ । पतीको आयु लामो हुने, परीवारमा सुख, शान्ती, सम्बृद्धी छावस भन्ने उदेश्यो साउन महिनामा भरको सोमबार ब्रत बस्ने गरेको पाइन्छ ।

कपडालाई सेट मिलाउन त्यसैअनुसारका हरिया, पहेँला चुरा, धागो, पोते, टीका र पालिस लगाउने चलन भनेपछि मात्र भित्रिएको बृद्ध महिलाहरु बताउछन, तर अहिले साउन महिनाको आगमन संगै बजारमा हरीयो रंगको कपडा, चुरा, पोते, बढी माग हुने बाजार ब्यापारीहरु बताउछन् ।

दिनभरि भोकै बसेर धर्म हन्छ, भन्ने कुरा एक गलत मानसिकता हो। मानव सेवा गर्नु र उनीहरूको पिरमर्का र आपत विपतमा सहयोग गर्नु ठूलो कुरा हो । भोकै बसेर धर्म हुन्छ भन्ने कुरा एक गलत बुझाइ हो तर स्वस्थ्यको दृष्टीले हप्तामा एक दीन ब्रत बस्नु राम्रो मानीन्छ । तर,हिन्दूू भएपछि आफ्नो मान्दै आएको सबै सनातन् धर्मलाई पालना गरेर अघि बढ्नु नै पर्छ ।

तर,फेसनको रूपमा प्रयोग गर्ने गरेका वस्त्र र श्रृंगारको साधनलाई भने धर्मको नाम दिएर अघि बढाउनु राम्रो होइन् । साउनको महिमाबारे कुनै ज्ञानबिना अघि बढेका हिन्दू नारीले अर्काको भरमा हरिया र पहेँला वस्तुको प्रयोग गर्नु भनेको व्यापारीलाई मौलाउने अवसर प्रदान गर्नु हो ।भनीन्छ,असारमा किसानले मानो रोपेर मुरी उव्जाउने समय भएकोले असारको थकान स्रवनमा मेट्दै अएको पाइन्छ । सफा,स्वच्छ अनी साच्चीकै मनोरोम वतावरण,प्रकृतीमा रमाउने ती पशुपंक्षीको लागि उचीत कीसमको वतावरण भएकोले पनि साउन महिनाको बिशेष महत्व छ ।

दिनभरि भोकै बसेर धर्म हन्छ, भन्ने कुरा एक गलत मानसिकता हो । स्वस्थ्यको दृष्टीले हप्तामा एक दीन ब्रत बस्नु राम्रो मानीन्छ तर भोकै बसेर धर्म हुन्छ भन्ने कुरा एक गलत बुझाइ हो । बरु मानव सेवा गर्नु र उनीहरूको पिरमर्का र आपत विपतमा सहयोग गर्नु ठूलो कुरा हो । अनि, फेसनको रूपमा प्रयोग गर्ने गरेका वस्त्र र श्रृंगारको साधनलाई भने धर्मको नाम दिएर अघि बढाउनु राम्रो होइन् ।

  • 63
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close