स्यार्पू हाईड्रोपावरमा संस्थागत र ब्यक्तिगत शेयर लगानी अवकाे प्राथमिकतामा

Triveni

बाँफिकाेट गाउँपालिका रूकुम पश्चिम जिल्लामा पर्ने एक स्थानीय तह हो | यस गाउँपालिकामा १०  वटा वडा रहेका छन् । बाँफिकोट गाउँपालिका  वडा नं. ४ मा बाँफिकोट गाउँपालिकाको केन्द्र अवस्थित रहेको छ । सानीभेरी नदीको किनारामा अवस्थित यस  बाँफिकोट गाउँपालिका क्षेत्रभित्रका व्यापारिक क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो । स्थानिय तह भएपछि के कस्ता काम भए त ? अवकाे दिनमा पालिकाकाे विकासका लागी गाउँपालिकाले के कस्ता याेजनाहरू अघि सारेकाे छ भन्ने बारेमा कभरखवर डट कमका लागी बाफिकोट गाउपालिका अध्यक्ष धर्मबहादुर केसी संग कभरखवरकर्मी प्रचण्ड खत्रीले गरेकाे कुराकानी

 

स्थानीय सरकार गठन भएपछी हालसम्मको अबधिमा केकस्ता खालका उल्लेखनीय काम गर्नुभयो ?

स्थानीय तह गठन भए देखि ५४ वटा पक्की भवन, १५५ किलो मीटर कच्ची सडक, ६५ वटा सिञ्चाई नहर, ३६७३ घरधुरीमा विद्युत विस्तार, ३६१२ घरधुरीमा खानेपानी १३५ किलो मीटर घोरेटो बाटो, स्यापूताल भ्यूटावर, कृषि ,पशु पर्यटन तथा जलाधार संरक्षण गुरुयोजना निर्माण आवश्यक्ता अनुसारका विस्तृत परियोजना प्रतिवेदनहरु तयार, बातावरण प्रभाव मूल्यांकन र बातावरण सन्तुलन अनुकुलन योजना, मानवीय सचेतनाका कामहरु लघु उद्यम प्रबर्धन तथा आयआर्जन कार्यक्रम उद्यमीहरुलाई उपकरण वितरण जलाधार क्षेत्र संरक्षणका लागि चेक ड्याम तथा पार्क निर्माण गरेका छौं ।

 

 

अहिलेसम्म जनताले तपाईको काम गराईबाट केकस्ता सन्तुष्टी पाएका छन ?

भौतिक पूर्वाधारका कामहरु, बार्षिक लेखा परीक्षणका प्रतिवेदनहरु, स्थानीय जनताको सुझाव तथा प्रतिक्रियाहरु, र आफ्नै संस्थागत स्व मूल्यांकनबाट प्राप्त सूचकांकका आधारमा हामी सफल भएका छौं । भौगोलिक कठिनाई र केहि सिमा, समस्या, बाद्यताहरुका कारणले उत्कृष्ट हुन सकिएन तापनि निराश हुनु पर्ने वा निरुत्साहित हुने अवस्थामा नभई नया सिकाईका साथ थप प्रेरित भएका छन् । समग्रमा हामी विगतको हाम्रो कार्य सम्पादन र परिणामका आधारमा सन्तुष्ट नै छन् ।

 

 

चारवटा आर्थिक बर्षमा तपाईले गरेका उल्लेखनीय कामहरु केके हुन रु खर्च अनुसार उपलब्धि केकति गर्नुभयो ?

 संघीय र प्रदेश स्तरका सशर्त, विशेष, समपूरक, समानीकरण, राजश्व बाडफाड, स्थानीय आयस्रोत समेत गरी एक अरव चौसट्टी करोड वजेट खर्च भयो । जुन वजेट बाट माथि उल्ल्ोखित कार्यहरु सम्पन्न भए । वजेटको दुरुपयोग नभई सदुपयोग गरिएको कारण लक्ष अनुसारको उपलब्धि भयो । आवश्यक्ता र परिपूर्तिको बिचको अन्तरविरोध कायमै रह्यो ।

 

काम गर्दा प्रदेश र संघीय सरकार संग केकस्ता समन्यय गर्नुभयो ?

संविधानको भावना अनुसार समन्वय, सहकार्य र सहजीकरणको विधि अवलम्बन गरेर कार्य सम्पादन गरियो यस बीचमा संघीय सरकारले शुरुमा स्थानीय तहहरुलाई विस्वास गरेता पनि क्रमशः केन्द्रीयताको बाटोमा हिड्न खोजेको अवस्था रह्यो भने प्रदेश सरकारले आफना विषयगत कार्यालयहरु जिल्ला स्तरमा खडा गरी त्यहिबाट कार्य सम्पादन गर्दा थप झन्झटिलो जस्तो हुन पुग्यो । यसका लागि केन्द्र र प्रदेश सरकारले मिश्रित शासन प्रणालीको शुरुवात गरेको हो कि भन्ने भान पर्न गयो ।

 

कोरोणा नियन्त्रणमा बाफिकोट गाउपालिकामा केकस्ता उल्लेखनीय काम भए ?

कोरोना रोकथामको क्षेत्रमा स्थानीय तहमै १५ बेडको आईसोलेशन वार्ड निर्माण, विरामाी ओसार पसार गर्न एक एम्बुलेन्स र थप १ गाडी भाडामा लिई चिकित्सकको सिफारिसमा निशुल्क आवागमन, शुरुका दिनमा आरडिटि परीक्षण, आरटी पिसिआर परीक्षण, एन्टीजिन परीक्षण, मास्क र सेनीटाईजर वितरण, मजदूर तथा विपन्न परिवारहरुलाई खाद्यान्न वितरण, क्वारेन्टाईनको ब्यवस्थापन र परिचालनका कामहरु भएका छन् । आगामी दिनमा पनि थप खतरा हुन सक्ने भएकोले सतर्कता र सावधानीको जरुरी छ त्यसैले हामी गम्भीर बन्ने पर्छ । प्रकृतिमा देखा परेका कुनै पनि जैविक अवयव निषेध भएका छैनन् र हुने पनि छैनन् खाली नियन्त्रण गरेर आफू सुरक्षित हुनका लागि आफै सजक हुनुको विकल्प छैन ।

 

चारबर्षमा काम गर्दा केकस्ता समस्या भोग्नुभयो ?

संघीयताको पहिलो अभ्यास भएकोले शुरुवाती चरणको व्यवस्थापकीय कठिनाई, स्थानीय तहमा दरबन्दी तेरिज बमोजिमको कर्मचारी पदस्थापन हुन नसकेको, नयाँ र भाडाका संरचनाहरुबाट कार्यसम्पादन गर्नु पर्दा भएको असहजता संघीय सरकारबाट लेखा तथा प्रशासनको कर्मचारी करारमा लिन लगाईएको प्रतिबन्ध, सञ्चार तथा यातायातको अभावका समस्याहरु रहे भने स्थानीय स्तरमा खड्किरहेका, शिक्षा क्षेत्रका विविध प्रकारका समस्याहरु, स्वास्थ्य क्षेत्रमा उत्पन्न भएको कठीन परिस्थिति, सामाजिक आवश्यकता परिपूरण गर्न आवश्यक वजेट सिमाको अभाव र स्थानीय सरकार सञ्चालन ऐन बाहेकका आवश्यक कानून, ऐन, नियमावली, कार्यविधि, कार्यादेश, दिग्दर्शन, मार्गदर्शनको निर्माण र कार्यान्वयन मुख्य चूनौतीहरु रहे ।

 

 

 रुकुम पशिमका अन्य स्थानीय तहकाे तुलनामा  तपाई मोटरसाईकल चढेर जानुहुन्छ । लामो यात्रा तथा प्रदेश राजधानी र संघीय राजधानी जादा अरु स्थानीय तहको गाडीको लिफ्ट माग्नुहुन्छ । यो केका लागि गर्नुभयो ?

हामीले निर्बाचित भए देखि आज सम्मको कामकाजको समीक्षा गर्दा मुख्य कुरा कार्य सम्पादन र जनताको सेवामा निरन्तर लाग्नु प्रमुख काम हो । जहासम्म गाडीको खरीद र उपयोगको कुरा छ अन्य स्थानीय तहहरुले गरे जस्तो मैले नगरेकै हो । हामी कार्यपालिकाको निर्णय बमोजिम गाडी किन्नु भन्दा विरामीलाई ओसार पसारका लागि एम्बुलेन्स, यातायात सुचारु गर्नका लागि एक्स्क्याभेटर खरीद र परिचालन गर्नु उचित ठान्यौ ।

मैले सरकारी कामकाजको लागि प्रदेश राजधानी र संघीय राजधानी जाँदा कहिलेकाही मात्र अरु स्थानीय तहसँग जाने गरेको छु प्राय जसो आफै निजी गाडी भाडामा लिएर आवागमन गरिएको छ । मोटरसाईकल मैले निर्बाचित हुनु पहिले पनि थियो र अवधि सकिएपछि पनि प्रयोग गरिरहने छु । सादा जीवन जिएर जनतालाई सेवा प्रबाह गरेको छु ।

 

 ०७८र०७९को आर्थिक बर्षको बजेटलाई कुनकुन क्षेत्रलाई प्राथामिकता दिनुभयो ?

आगामी आ.व.मा शिक्षा, स्वास्थ्य, एक घर एक जेष्ट किसान भत्ता, कृषि तथा पशुमा आधारित साना तथा ठूला उद्योगहरु, आर्थिक सम्बृद्धि र सामाजिक तथा साँस्कृतिक रुपान्तरण, विकास र माहामारीमा युवा साझेदारी, स्यार्पू हाईड्रोपावरमा संस्थागत र ब्यक्तिगत शेयर लगानी प्राथमिकतामा राखिएको छ ।

 

अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?

हामी नेपालीको सोच विश्लेषनात्मक छ । म सबै नेपालीहरुमा सकारात्मक सोच र सरल जिवन जीउनका लागि अनुरोध गर्दछु ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker