
सल्यान – सल्यानको खलंगामा रहेको पुरानो वसपार्कमा विपि उद्यान पार्क बन्ने कुराले अहिले सदरमुकाम खलंगाको माहोल तात्तीएको छ । पार्कको निर्माणको लागी शुरूवाति काम गर्न शारदा नगरपालिका सल्यानले टेन्डर प्रकृया समेत टुंग्याइसकेको छ । सदरमुकाम खलंगामा रहेको पुरानो बसपार्क छेउमै रहेकाे मालपोत कार्यालयको संरचना भत्काएर खालि रहेको जग्गामा निर्माण हुने संरचनाको विषयलाई लिएर थरिथरीका विचारहरु वाहिर आउन थालेका छन् । एकथरीले पुरानो वसपार्कमा विपिको स्मृतीमा उद्यान पार्क निर्माण गरिनु कुनै नयाँ कुरा नभएको बताएका छन् । उनिहरुको विपि जननायक भएको, सरकारी पाठ्यक्रममा उहाँका धेरै विषय समेटिएको आदि कुरा अघि सार्दै विपिलाई कुनै दल विशेषको चस्माले मात्रै हेर्न नहुने तर्क छ ।
अर्को थरीले भने नगरपालिकाले सो खाली क्षेत्रमा वि पि कोईरालाको नाममा विपी स्मृती पार्क निर्माणको काम अघि बढाएरपछि असन्तुष्टि जनाएका छन । स्थानियहरुले चौडा बनाउन खनिएका भागमा फेरि संरचना बनाउदा भोलि अरु कसैले भत्काउने समस्या आउन सक्ने उनिहरुको तर्क छ । उसो त सो स्थानलाई विपि स्मृती बनाउनु भन्दा जिल्लाबाट प्रधानमन्त्री बनेका स्वर्गिय मरिचमान श्रेष्ठको शालिक अथवा सम्झनामा पाकृ बनाउन सकिने आवाज पनि अर्को थरीको छ । हामीले यसै विषयमा केन्द्रित रहेर विपि स्मृती पार्क बनाउने कुराबाट नगरपालिका पछि हट्न सक्छ ? पुरानाे बसपार्कमा बन्न लागेकाे संरचना कस्ताे हाे ? भन्ने बारेमा शारदा नगरपालिकाका मेयर शुरेस अधिकारीसँग भिडियो कुराकानी गरेका छौँ । यस्तै पुरानो बसपार्कमा कस्तो संरचना बन्नुपर्ने हो ? विरोधको चुरो कारण के हो ? भन्ने बारेमा पुर्व जिविस सभापति मनोज प्रधानसँग पनि कुराकानी गरेका छाैँ । उहाँहरूसँग गरिएकाे कुराकानीकाे लागी तलकाे भिडियाेमा क्लीक गर्नुहाेस् ।
प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार १५:३९