बनगाड कुपिण्डे नगरपालिकाले किसानहरूलाइ दियाे उन्नत प्रविधि (भिडियो सहित)

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाले किसानहरूलाइ उन्नत प्रविधि अन्तरगत हाते ट्याक्टर वितरण गरेकाे छ । किसानहरूकाे ५० प्रतिशत अनुदानमा र नगरपालिकाकाे ५० प्रतिशत अनुदानमा उनिहरूलाई हाते ट्याक्टर वितरण गरिएकाे हाे ।

वितरित मध्ये ९ वटा डिजेलबाट र ५ वटा पेट्राेलबाट चल्ने हाते ट्याक्टर हुन । वितरण कार्यक्रममा नगरप्रमुख गाेविन्द पुन, उपप्रमुख मन्जु यरी र प्रमुख प्रशासकिय अधिकृत माेहन खड्काले प्रविधिकाे प्रयाेगबाट किसानहरूकाे समयकाे बचत हुने र त्याे समयमा थप कृषि कर्म गर्दा उत्पादन बढ्ने विश्वास व्यक्त गर्नुभयाे ।

वितरण गरिएकाे प्रविधि र किसान र नगरपालिकाकाे प्रतिकृयाका लागी तलकाे भिडियाे हेर्नुहाेस ।

  • 42
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close