कपुुरकोटमा ९६ जना लाई उद्यमशिलता बिकास तालिम दिइयो, १ सय २ जना लघु उद्यमी सृजना गर्ने लक्ष्य

सल्यान- सल्यानको कपुरकोट गाउँपालिकाले ९६ जनालाई उद्यमशिलता बिकास सम्बन्धी तालिम प्रदान गरेको छ । गरिवी निवाराणका लागी लघु उद्यम बिकास कार्यक्रर्म अन्र्तगत व्यवशाय सचेतना तथा शुरु (टोपे, टोसे) र लैंगिक सचेतना तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । १ सय २ जना लघु उद्यमी सृजना गर्ने उद्देश्य गाउँपालिकाको छ । जसका लागि अव छिट्टै १ सय १८ जना लाई बिभिन्न प्राबिधिक सिप बिकास तालिम प्रदान प्रदान गरिने उद्यम विकास कार्यक्रम संयोजक दिपेन्द्र कुमार शाहीले जनाए ।

यस वर्ष उद्यमशिलता तालिम प्राप्त गरेका ९६ जना र गत आ.ब मा कोरोना माहामारीका कारण आंसिक रुपमा रहेका २२ जना गरी १ सय १८ जना लाई बिभिन्न प्राबिधिक सिप बिकास तालिम प्रदान प्रदान गरिने उनको भनाई छ । गरिवी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत संघिय सरकारको शर्सत अनुदान र कपुरकोट गाउँपालिका सल्यानको साझेदारीमा गत माघ २८ देखि चैत्र ८ गते सम्म मेड्पा मोडेल अन्र्तगत तालिम संचालन गरिएको थियो ।


व्यवसाय सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यका साथ संचालन गरिएको तालिममा स्थानिय स्तरमा कच्चा पर्दाथको उपल्बधता के कस्तो छ, व्यवसाय संचालन गर्दा कस्ता कस्ता कुरामा ध्यान दिनु पर्छ, उत्पादित बस्तुको बजार काहाँ हो भन्ने विषयमा अभिमुखिकरण गरिएको थियो । यस्तै ग्राहको आबश्यक्ता के हो, माग के छ , व्यवसाय संचालन गर्नु भन्दा पहिले के के आबश्यक पर्दछ , नाफा ,घाटा के हो ब्यवसायिक योजना के हो, कसरी तयार गर्ने जस्ता बिषयमा उद्यम बिकास सहजकर्ता मार्फत तालिम प्रदान गरिएको कपुरकोट गाउँपालिकाका उद्यम विकास कार्यक्रम संयोजक शाहीले जानकारि दिए ।

उनका अनुसार स्थानिय स्तरमा उपल्बध कच्चा पर्दाथको समुचि प्रयोग गर्दै लक्षित बर्गको चाहना तथा माग र स्थानिय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मागलाई ध्यानमा राख्दै लघु उद्यम बिकास कार्यक्रम संचालन गरिने छ । लघु उद्यमी सृजना मेड्पा मोडेल अन्र्तगत सामाजिक परिचालन, उद्यमशिलता बिकास तालिम, प्राबिधिक सिप बिकास तालिम, बित्तिय सेवामा पहुँच, उपयूक्त प्रबिधिमा पहुँच र बस्तु तथा सेवा बजारीकरण एवम् व्यवसाय परामर्श जस्ता चरण पुरा गरिनेछ । लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत गत अन्तीम ३ बर्षको ४० जना उद्यमीहरुलाई थप सिप बिकास तालिम र आबश्यकताको आधारमा प्रबिधि हस्तान्तरण सहित स्तरोनती गरिने संयोजक शाहीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close