दार्मा गाउँपालिकाको प्राथमिकताः महामारी नियन्त्रण र उत्पादन मार्फत स्वरोजगारी श्रृजना

Triveni

सल्यान- कोभिड १९ महामारी रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्दै सल्यानको दार्मा गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको नवौँ गाउँसभाले आर्थिक वर्ष २०७८।०७९ को लागि नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष निम बहादुर केसीले आगामी आर्थिक वर्षको बजेट सिमा ३८ करोड रुपैयाँ बराबरको हुने जानकानरी गराए ।

स्वास्थ्य क्षेत्रको सबलीकरण गर्न आधारभूत स्वास्थ्य सेवा र खोप सेवाको सुनिश्चित गरिने, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, र्दीघ रोगीलाई उपचार तथा नियमित औषधी सेवनको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उत्पादन मार्फत स्वरोजगारी श्रृजना र उद्यम विकासका लागि सहकारी संस्था, कृषक समूह, युवा समूह नीजि फर्म मार्फत कृषिजन्य उत्पादन र कृषिजन्य लघु उद्यम सञ्चालनका लागि कानुन बनाई विशेष अनुदान दिइने, कृषिमा चख्लाबन्दी गर्न प्रोत्साहन गर्दै समूह र सहकारी खेतीमा आधारित बजारमुखी उत्पादन गर्न प्रोत्साहन गर्ने, गाउँपालिकालाई दुग्ध पकेट क्षेत्रका रुपमा विकास गरिने र पुशमा नश्ल सुधारका लागि कृत्रिम र प्राकृतिक गर्भाधारणलाई व्यवस्थित र नतिजामुखी बनाउने विषय नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै जनयुद्धका शहिद र वेपत्ताका छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृतिको व्यवस्था गर्ने, जनयुद्धका सहिद र वेपत्ताका आमा, बुवा, श्रीमान श्रीमती र छोराछोरीको हकाधिकार हुने गरी प्रति परिवार मासिक रुपमा एक हजारका दरले शहिद परिवारलाई सामाजिक सुरक्षाा भत्ता प्रदान गरिने उल्लेख गरिएको छ ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker