वनमा आधारित उद्यमहरु संचालन गर्नुपर्नेमा जाेड

तुलसीपुर- सामुदायिक वनलाई जीवनसँग जोड्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा तुलसीपुरमा आयोजना गरिएको अन्तरकृया कार्यक्रमम बोल्दै सहभागीहरुले लोकतन्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको सामुदायिक वनलाई जनताको जनजिविकासँग जोड्नका लागि वनमा आधारित वन उद्यमहरु संचालन गर्नुपर्ने बताएका छन् ।

सामुदायिक वन समूहको व्यवस्थापन, उपभोक्ता समितिको क्षेमता अभिवृद्धि, सुशासन लगाएतका सवालामा पनि ध्यान दिनुपर्ने भन्दै सहभागीले प्राकृतिक स्रोत र साधनलाई उचित रुपमा प्रयोग गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वन, वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक नवराज लामीछानेले सामुदायिक वनको संरक्षण सँगै वनसँग जोडिएका उपभोक्ताको आयआर्जनमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता संघ तुलसीपुरका अध्यक्ष चन्द्र बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका आर्थिक समितिका संयोजक माधव वली, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, ग्रीन फाउण्डेसन नेपाल दाङका अध्यक्ष विष्णु केसी, ग्रीन फाउण्डेसन नेपाल उद्यम विकास अधिकृत प्रेम सुवेदी, ग्रीन फाउण्डेसन दाङका सचिव सुरेश रावत, साहयक वन अधिकृत कमल पुन, काष्ठ व्यवसायी मानबहादुर केसी, सूचना अधिकारी बाबुराम न्यौपाने लगाएतले बोल्नु भएको थियो ।

तुलसीपुर उपमहानगरापलिका, ग्रीन फाउण्डेसन, सामुदायिक वन उपभोक्ता तुलसीपुर लगाएतका संस्थाहरुको सयुक्त आयोजनामा कार्यक्रम भएको थियो । ग्रीन फाउण्डेसनका उपाध्यक्ष तिलक साहुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको विषय वस्तुमाथि तुलसीपुर उपमहानगरपालिका वन तथा वातावरण अधिकृत ओमकान्त भट्टराईले प्रकास पार्नुभएको थियो भने कार्यक्रमको संचालन ग्रीन फाउण्डेसनका कार्यक्रम संयोजक तेजराज वलीले गरेका थिए ।

 

प्रकाशित मिति: २५ श्रावण २०७८, सोमबार १४:५८