सहकारीको सबै भन्दा बढी लगानी तरकारी खेती र पशुपालनमा, भवन निर्माणमा गाउँपालिकाको पाँच लाख सहयोग

सहकारीको लगानि पश्चात सल्यानमा किसानहरुले ब्यवशायीक रुपमा कृषि पेशालाइ अगाडि बढाएका छन् । किसानहरु सहकारी मार्फत ब्यवशायीक कृषि पेशामा आवद्ध भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिकामा सहकारीबाट करिव ६ करोड रुपैयाँ ऋण लिएर किसानहरुले तरकारी खेती र पशुपालन ब्यवशाय अंगालेका छन् । उनीहरुलले ब्यवस्थित तरिकाले ब्यवशायीक रुपमा बेमौसमी तरकारी खेती, पशुपालन तथा मासु व्यवशाय सञ्चालनको प्रयास गरिरहेका छन् ।

साना किसान कृषि सहकारी संस्था कपुरकोट सल्यानको मंगलबार सम्पन्न २४ औँ वार्षिक साधारणसभामा उक्त संस्थाले आफ्ना सदस्यहरुलाई झण्डै साढे १३ करोड रुपैया ऋण लगानि गरको जनाएको हो । कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सहकारीका अध्यक्ष डम्बर बहादुर यरीले वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक डिल्ली बहादुर थापाले लेखा प्रतिवेदन र वरिष्ट प्रवन्धक तिर्थराज शर्माले संस्थाको रणनिती कार्यपत्र प्रस्तुत गरेका थिए ।

संस्थाको प्रतिवेदन अनुसार सहकारीले १३ करोड ४८ लाख २१ हजार रुपैया ऋण लगानी गरेको छ । यसमध्ये तरकारी खेती र पशुपालनमा सहकारीले आफ्ना सदस्यहरुलाई ६ करोड रुपैयाँ ऋण लगानी गरेको छ भने सात करोड ४८ लाख २१ हजार रुपैयाँ सेवा व्यवशाय र उपभोृक्ता भण्डारमा सहकारीको ऋण लगानि रहेको संस्था प्रवन्धक जित प्रसाद आचार्यले जनाए । कृषि सहकारीमा ऋणिको संख्या छ सय ४३ रहेको छ । आर्थिक वर्ष २०७७।०७८ मा मात्रै सहकारीले नौ करोड छ लाख ५३ हजार ऋण लगानी गरेको छ ।

आचार्यका अनुसार सहकारीमा महिला एक हजार ४९ र पुरुष चार सय ७३ गरेर एक हजार पाँच सय २२ जना शेयर सदस्यहरु छन् । गत आ.व. २०७७।०७८ मा मात्रै सहकारीले एक करोड ५६ लाख ८६ हजार रुपैयाँ आम्दानि गरेको छ भने एक करोड ३३ लाख ७३ हजार रुपैयाँ खर्च छ । र २३ लाख १३ हजार रुपैयाँ सहकारीको नाफा छ ।

वार्षिक साधारणसभाको अवसरमा बोल्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सहकारीको लक्ष्य र उद्देश्य प्राप्तिका लागि कृषि क्षेत्रको ब्यबसायिक कार्यमा पुँजी परिचालन गर्नु पर्ने बताए । कपुरकोट गाउँपालिका वेमौसमी तरकारी खेती, फलफुल खेती तथा पशुपालन ब्यवशायका लागि उपयुक्त क्षेत्र भएकाले साना किसानहरुका लागि सारथी बन्नुपर्ने, सहकारीहरुलाई उत्पादन सँग जोडेएर रोजगारी वृद्धि गर्नुपर्ने उनको धारणा थियो।

उनका अनुसार स्थानीय अर्थतन्त्रलाइ बलियो बनाउन कपुरकोट गाउापालिकाले सहकारी ऐन ल्याएर सहकारी प्रवद्र्धनका विभिन्न कार्य गरिरहेको छ । सहकारी संस्थाहरूको प्रवद्र्धन गर्न, सहकारी खेती, उद्योग, वस्तु तथा सेवा व्यवसायका माध्यमबाट सामाजिक न्यायका आधारमा आत्मनिर्भर, तीब्र एवं दिगो रुपमा स्थानीय अर्थतन्त्रलाई सुदृढ तुल्याउन सहकारी संघ संस्थाहरुको दर्ता, सञ्चालन एवम् नियमन सम्बन्धी व्यवस्था सहित गाउँपालिकाले कानुन निर्माण गरेको छ । साना किसान कृषि सहकारीको भवन निर्माण सहयोगका लागि चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ विनियोज गरिएको अध्यक्ष सेनले जनाएका छन् ।

प्रकाशित मिति: ५ आश्विन २०७८, मंगलवार २२:१०