ट्रिपर सञ्चालनमा रोक लागेको विषयमा प्रकाशित समाचारप्रति गाउँपालिका उपाध्यक्षको आपत्ति

सल्यान, १८ साउन ।

कपुरकोट–नीगालपानीमा सञ्चालन हुने सिमेन्ट उद्योगका ट्रिपर रोकिएको विषयमा विभिन्न आरोप लागेपछि कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले त्यसको खण्डन गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले गाउँपालिकाको उपाध्यक्षले दादागिरी देखाउदै चुनाव खर्च उठाउन सिमेन्ट उद्योगका गाडी सञ्चालनमा रोक लगाएको भन्दै एक अनलाईनमा समाचार प्रकासन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्ती मार्फत उपाध्यक्ष भण्डारीले आफ्नो बारे कपोलकल्पित, हदैसम्मको भ्रामक र तथ्यहिन आरोप प्रकाशित भएको जनाउदै उक्त कार्य घृणित भएकाले घोर भ्रत्सना, निन्दा तथा खण्डन गर्दछु भनेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिका उपाध्यक्ष पदको गरिमा तथा लोकप्रियतामा धक्का दिने दुष्प्रयास सहित अनुचित फाईदा उठाउने, व्यक्तिगत स्वार्थपुर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानि पु¥याउने नियत राखी पत्रकारिताको पेशागत मर्यादालाई समेत पूर्ण रुपमा लत्याएर प्रकासित उक्त समाचारप्रति आपत्ति प्रकट गर्दछु । यो मेरो राजनितिक ,सार्वजनिक र ब्यक्तिगत चरित्र हत्या गर्ने मेरा विरोधीहरुको नियोजि षडयन्त्र हो ।’

आफुले कहीँ, कतै र कुनै पनि समयमा कोही कसैसंग रकम मागेको वा यस किसिमको संकेत सम्म गरेको भएपनि त्यसलाई पुष्टी गर्न उपाध्यक्ष भण्डारीले चुनौती दिएका छन् । आफ्नो काम, कर्तव्य, अधिकार तथा पदिय मर्यादा प्रति स्पष्ट रहेको जनाउदै उनले सदैव नागरिकको हितको निमित्त अनवरत रुपमा खटिरहने र नागरिकको विश्वास र भरोसालाई सधै कायम राख्ने उल्लेख गरेका छन् । भा्रमक र तथ्यहिन समाचार प्रकासन गर्ने अनलाईन विरुद्ध प्रेस काउन्सिलमा मुद्दा दर्ता गरी कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने उनले जनाए ।

गत जेठ २८ को कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठकले धुलो नियन्त्रण र सडक मर्मत सम्बन्धमा जव सम्म सिमेन्ट उद्योगबाट सडक मर्मत र धुलो नियन्त्रणमा प्रभावकारी काम हुदैन र सिमेन्ट उद्योगबाट चुनढुँगाको निर्यातको अनुमती प्राप्त भएको प्रमाण सहित जानकारी गाउँपालीकालाई हुदैन त्यतिबेला सम्मको लागि उक्त सडक खण्डमा ट्रिप्पर संचालन कार्य बन्द गराउन अनुरोध भएपश्चात ट्रिपर सञ्चालनमा रोक लागेको पनि उनले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

भ्रामक तथा गलत आरोपबाट विचलित नहुन र संयमित रहन सम्पूर्ण कपुरकोट गाउँपालिकावासी तथा आम शुभचिन्तकमा अनुरोध गर्दै उपाध्यक्ष भण्डारीले यस प्रकारका कुनै पनि समाचार सम्प्रेशन गर्दा विषयवस्तुलाई गहिरोसंग अधयन गरी तथ्यमा आधारित रही यथेष्ट प्रमाण जुटाएर मात्रै त्यस्ता विषय सार्वजनिक गर्न एवम् निरन्तर रुपमा रचनात्मक सल्लाह, सुझाव र खबरदारी गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार १७:१७