
सल्यान, ९ फागुन ।
पशुपन्छी सेवालाई किसानको घरदैलोमा पुर्याउने उद्देश्य अनुरुप सल्यानको त्रिवेणी गाउँपालिकामा एकै दिन साढे पाँच सय बढी पशुपन्छीलाई औषधि वितरण गरिएको छ । मंगलबार गाउँपालिकाले वडा नम्बर ५ स्थित सिम्कमा सञ्चालन गरेको निःशुल्क पशु स्वास्थ्य शिविरमा पाँच हजार ७०८ पशुपन्छीलाई औषधि वितरण संगै ४९ कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको पशुपन्छी विकास शाखाका प्रमुख वसन्त रावतले जानकारी दिए ।
उनका अनुसार एकै दिन दुई हजार ६४३ बाख्रा, दुई हजार ८८९ कुखुरा, १३७ गाई गोरु र ३९ भैँसीलाई निःशुल्क औषधि विरण गरिएको छ भने ४९ कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको हो । यसबाट २१२ जना किसान लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर ५ का वडा अध्यक्ष विमल रावतको अध्यक्षतामा शिविरको उद्घाटन गरिएको थियो । शिविर उद्घाटन गर्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले पशुपन्छी विकास शाखाको सेवाबाट टाढा रहेका वस्तीहरुमा गाउँपालिकाले पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको बताए । उनले पशुपालनलाई व्यवस्थित र व्यवशायीक बनाउन सकेमा किसानको आर्थिक अवस्थालाई माथि उठाउन सकिने धारणा राखेका थिए ।
प्रकाशित मिति: ९ फाल्गुन २०७९, मंगलवार १८:०९