कर्णाली प्रदेशले आफ्नो ब्राण्डको उद्योग स्थापना गर्नुपर्छः साँसद नेपाली

कर्णाली प्रदेशका साँसद सिता नेपालीले प्रदेशले आफ्नो ब्राण्ड सहितको उद्योग स्थापना गनुपर्नेमा जोड दिनु भएकाे छ। कर्णाली प्रदेश सरकारबाट भएका विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन तथा निरिक्षणका क्रममा शनिवार सल्यान पुगेकी प्रदेश सभा सदस्य नेपालीले यस्तो बताउनु भएकाे हाे ।
उहाँले दक्षजनशक्ति अभावका कारण अहिलेपनि परम्परागत तरिकाले उद्योगहरु सञ्चालन भैरहेको बताउदैँ दक्ष जनशक्तिको व्यवस्थापन गर्दै कर्णाली प्रदेशले आफ्नै ब्राण्ड सहितको उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयाे। प्रदेश सभा सदस्य तथा कर्णाली प्रदेशका प्रमुख सचेतक नेपालीले राज्यले व्यक्तीगत भन्दा पनि सामुहिक लगानीमा जोड दिनुपर्ने बताउनु भयाे। उहाँले व्यक्तीगत रुपमा गरिएको लगानीमा रोजगारीको सृजना अत्यन्तै कम हुने भएकाले सहकारी र समुह मार्फत संचालन भएका उद्योगहरुलाइ पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयाे ।
अनुगमनका क्रममा यहाँ आधुनिक औजारको प्रयोग गर्ने सिप भएका दक्ष जनशक्तीको कमी रहेको पाइएको बताउँदै उहाँले दक्ष जनशक्ती उत्पादनका लागी सिप मुलक तालीमको आवश्यकता रहेको बताउनुभयाे । आधुनिक प्रविधि संगै आधुनिक कामदार पनि आजको आवश्यकता रहेकोमा उहाँको जोड थियो ।


प्रदेश सरकारले विनियोजन गरेको बजेट सही ठाउँमा प्रयोग भए नभएको र हाल अनुदान पाएका उद्योगहरु स्टमेट अनुसार संचालन भए नभएको बारे अनुगमन गरि प्रतिवेदन प्रदेश सभामा पेश गर्ने उहाँले बताउनुभयाे ।
यस्तै अर्का साँसद अमृता शाहीले प्रदेशले थालेको यस अभियानको शुरुवात सल्यानबाट भएको बताउनुभयाे। प्रदेश सरकारको सहयोगमा सञ्चालन भएका योजनाहरु सम्पन्न भएनभएको, बजेटको सदुपयोग, बिगत र अहिलेको अवस्था र गरिएका कामहरुको दिगोपना लगाएका विषयमा सल्यानबाट अनुमगन शुरु गरिएको उहाँले जानकारी दिनुभयाे।
अनुगमनका क्रममा जिल्ला स्थित उद्योगीहरुले आफुले संचालन गर्दै आएका उद्योगहरुको दायरा फराकिलो बनाउन राज्यले अझै उद्योग क्षेत्रमा लगानी गर्नुपर्ने माग राखेका छन् ।

सल्यानकाे श्रीनगरमा स‌चालनमा रहेकाे  सफल गार्मेन्ट उद्योगका संचालक जालना भण्डारीले महिला उद्योगीहरुका लागी पनि विभिन्न अवसर हरु रहेकाले यस कार्यमा राज्यले सहयोग गर्नुपर्ने बताउनुभयाे ।उहाँले अहिले प्रदेश सरकार र आप्mनो व्यक्तीगत करिब ३० लाख बढी लगानीमा गार्मेन्ट उद्योग संचालनमा रहेको बताउँदै  ठुला उद्याेग स‌चालन गर्न  आधुनिक सिप भएका दक्ष कामदारको कमी भएको जानकारी दिनुभयाे  । हाल संचालनमा रहेका गार्मेन्टलाइ अझैं बृहत बनाएर सेवा दिने उद्देश्य रहेको बताउँदै उहाँले यसमा स्थानीय देखी प्रदेश र केन्द्रीय सरकारको सहयोगको अपेक्षा रहेको बताउनुभयाे ।

टोलीले जिल्लामा खुकुरी उद्योग, तारजाली उद्योग, गार्मेन्ट उद्योग, फर्निचर उद्योग, ग्रिल उद्योग, सडक लगाएतका प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुको अनुगमन गरेको जनाएको छ । जसमा खलंगा बालुवासंग्रही सडक, खलंगा, श्रीनगर, थारमारे, सल्लीबजार लगाएतका स्थानमा सञ्चालित उद्योगहरुको अनुगमन गरिएको टोलीमा संलग्न सविल इन्जीनियर सुरेन्द्रजंग शाहीले जानकारी दिनुभयाे ।अर्थ तथा प्राकृतिक स्रोत समितीबाट आएको अनुगमन टोलीले रुकुम पश्चिममा पनि प्रदेश सरकार अन्तरगत अनुदान प्राप्त उद्योग अनुगमन गर्ने उहाँकाे भनाइ छ । पहिलो चरणमा सल्यान,रुकुम पश्चिम र सुर्खेतमा संचालित उद्योग अनुगमन गरि प्रतिवेदन पेश गर्ने  अनुगमन टाेलीले जनाएकाे छ ।

 

 

प्रकाशित मिति: २६ पुष २०७६, शनिबार २३:१९