वर्षाले ७५ लाख काँचो इट्टामा क्षती, साढे तीन करोड नोक्सान

दाङ – हिउदे झरीकाका कारण दाङमा करिब साढे तीन करोड बराबरको इट्टामा क्षेति पुगेको छ । गएको पुषदेखि माघ महिनाको पहिलो साता यता अबिरल बर्षातका कारण तयारी अवस्थामा राखिएका करिब ७५ लाख काँचो इट्टामा क्षेति पुगेको दाङ देउखुरी ईट्टा व्यवसायी संघका सल्लाहकार मोहन घर्तीले जानकारी दिए ।

इट्टा उत्पादन कम्पनी जय श्री हनुमान म्यानु फयाक्टेरीङ प्रालि बिजौरीका प्रोप्राइटर समेत रहेका घर्तीले आफनो मात्रै तीन लाख इट्टामा क्षेति पुग्दा १५ लाख बराबरको नोक्सानी पुगेको बताए । घर्तीका अनुसार तयारी अवस्थामा राखेको काँचो इट्टाको मुल्य करिब पाँच रुपैयाँ पर्छ । जिल्लामा ३६ वटा ईट्टा उद्योगले इट्टा उत्पादन गरेर विक्रीवतरण गर्दै आइइरहेका छन् ।

प्रकाशित मिति: ५ माघ २०७६, आईतवार १८:३८