सल्यानमा हुन लागेको प्रादेशिक महोत्सबको तयारी तिब्र, कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले उद्घाटनगर्ने

आशिष केसी
सल्यान। उद्योग बाणिज्य संघ सल्यानले मनाउन लागेको रजत जयन्ती तथा प्रादेशिक महोत्सबको तयारी लाई तिब्र पारेको छ । यहि माघ २२ गते मनाउन लागेको रजत जयन्ती तथा ९ औ बार्षिक उत्सबको तयारी अन्तीम चरणमा पु¥याएको जनाएको छ । रजत जयन्तीको अबसरमा सोमबार जिल्ला अस्पतालका बिरामीलाई फलफुल बितरण गर्न लागिएको छ भने मंगलबार जिल्लाका प्रमुख बजार हरु सरसफाइ कार्यक्रम राखेको उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर चलाउनेले बताउनु भयो ।
रजत जयन्ती तथा महोत्सब लाई लक्षित गरि जिल्लाका सम्पुर्ण सरोकारवाला निकाय,सुरक्षा निकाय,बित्तिय संघसंस्था,होटल ब्यबसायी,बजार ब्यबस्थापन समितिका प्रतिनिधि,जिल्लाका बिभिन्न संघसंस्थाहरु लगायत संगको अन्र्त्क्रिया लाई सम्पन्न गरेको अध्यक्ष चलाउनेले जानकारी दिनु भयो।
रजत जयन्तकिो समुदघाटन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी रानाले गर्नुहुनेछ । त्यसैगरि सल्यान उद्योग बाणिज्य संघ सल्यानको मुख्य आयोजनामा यहि माघ २९ गते देखी फागुन ११ गते सम्म संचालन हुन लागेको प्रादेशि कृषि,पर्यटन,उद्योग,ब्यापार तथा सांस्कृतिक महोत्सब २०७६ को तयारी पनि तिब्र पारेको छ ।
महोत्सबमा सल्यान जिल्लाका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार,यस क्षेत्रमा उत्पादित बस्तुहरुको बिशेष प्रर्दशनि,जातिय प्रचार प्रसार झल्काउने सांस्कृति तथा झाँकीहरुको प्रर्दशनि हुने आयोजकले जनाएको छ । महोत्सबलाई ब्यबस्थित तथा स्तरिय बनाउनको लागी बिभिन्न समिति तथा उपसमिति बनाएर कामहरु भइरहेको जनाएको छ ।
महोत्सबमा दर्शक मनोरन्जनका लागी स्थानिय तथा राष्ट्रीय चर्चित कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने छ । २०० वटा स्टलहरु रहने महोत्सब लाई करिब १ लाख दर्शकले अबलोकन गर्ने र करिब ५ करोडको कारोबारो हुने अनुमान गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ र शारदा नगरपालिका आयोजक रहेका छन भने जिल्लाका ९ वटा स्थानिय तहहरु सह–आयोजकको रुपमा आबद्ध भएका छन ।
करिब ११ दिन सम्म चल्ने महोत्सब लाई मुख्य प्रयोजक ग्लोबल आइएमई बैकले गरेको छ भने कृषि बिकास क्षेत्र बिकास कार्यक्रम,आईफाड र बजाजले बिशेष प्रायोजक गरेको संघका महासचिब भरत बस्नेतले बताउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश,भुमि ब्यबस्था तथा कृषि सहकारी मन्त्रालय कर्णाली प्रदेश,उद्योग पर्यटन बन,तथा बाताबरण मन्त्रालय कर्णाली प्रदेश र नेपाल पर्यटन बोर्ड प्रर्बद्धकका रुपमा रहेका छन । महोत्सबको उदघाटन कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादुर शाहिले गर्नु हुने छ ।

प्रकाशित मिति: १९ माघ २०७६, आईतवार २०:५७