१५ बालबालिकालाइ जर्मन सरकारको आर्थिक सहयोग

प्रचण्ड खत्री रुकुम (पुर्ब) जर्मन सरकारको आर्थिक सहयोग र रुकुमेली समाज बिकास केन्द्र द्वारा संचालित खाद्य सुरक्षा तथा वातावरण मैत्री उद्यम प्रबर्द्धन कार्यक्रम अन्तरगत भुमे गाउँपालिका वडा न ३ त्रिवेणी मावि काक्रीमा गरिव तथा जेहेन्दार बालबालिकाहरुलाइ एक कार्यक्रम बिच शैक्षिक सामग्री वितरन कार्य सम्पन्न भएको छ ।
छात्रा र छात्र गरि १५ जनालाई नगद पाँच पाँच हजारका दरले सहयोग वितरण गरेको रुकुमेली समाज विकास केन्द्रका रुकुम पुर्बका सामाजिक परिचालक संगम देबकोटाले बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथी बहादुर बुढा को अध्यक्षतामा भएको कार्यक्रममा भुमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाको प्रमुख आथित्यता रहेकोे थियो ।
त्यसतै सो कार्यक्रममा भुमे ३ का वडा अध्यक्ष नर बहादुर बुढा,वडा सदस्य जैकुमार बुढा,रुकुमेली समाज बिकास केन्द्र रुकुम का अध्यक्ष नर बहादुर नेपाली,कोषाध्यक्ष रमा गौतम,कार्यक्रम संयोजक उत्तम अर्याल लगाएतको आथित्यता रहेको थियो । सो कार्यक्रमको संचालन फिल्ड सुपरभाइजर रन्जना बिकले गर्नु भएको थियो ।

प्रकाशित मिति: २२ माघ २०७६, बुधबार २२:२५